भगवती कुँवर,अछाम
अछामः साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पारित भएको छ । नगर उपप्रमुख शिबबहादुर कुँवरले शुक्रवार प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम आज पारित भएको हो । नगरसभामा आज ९ जना नगरसभा सदस्यहरुले नीति तथा कार्यक्रम माथी आआफ्नो धारणा राखेका थिए ।
नगरसभा सदस्यहरु पुर्णबहादुर शाह, प्रेमनाथ योगी, संजु थापा, अनिल परियार, बलबहादुर साउद, भीम रावल, गोयला कुमारी महता, निर्प बहादुर कुँवर, बलबहादुर कुँवरले धारणा राख्दै नीति तथा कार्यक्रममा छुट्नै नहुने विषय छुटेको भन्दै महत्वपुर्ण विषयलाई समाबेशन गर्न सुझाब दिएका छन् । उनीहरुले जातिय छुवाछुत अन्त्य,युवा लक्षित कार्यक्रम,माटो परिक्षण,सार्वजनिक जग्गा नगरपालिका मातहत ल्याउने,जाल्पादेवी लोली सडक,स्थानीय मललाई प्रविधिसंग जोड्ने,न्यायिक समितिमा न्याय निरुण नहुदाँसम्म पिडितलाई गास,बास कपासको व्यवस्था,बुढीगंगामा पक्की तटबन्धन लगायतका विषय समेटेर बजेट निनियोजन गर्न सुझाब दिएका छन् । सभा सदस्यहरुले राखेको धारणा र जिज्ञाशामा उपप्रमुख शिबबहादुर कुँवरले प्राप्त सुझाबहरुलाई समेटेर लैजाने बताए । उनले सभाबाट आएका नया तथा छुटेका विषयलाई समाबेशन गर्ने तर सिमित स्रोत साधनका र बजेट अभावका कारण धेरै विषय सम्बोधन हुन नसकेको बताए । उपप्रमुख कुँवरले नगरपालिकाले बनाएको नीति तथा कार्यक्रम करिब एक अरवको भएको भएपनि नगरमा बजेट करोडमै सिमित रहेको बताए । सभा सदस्यहरुलाई सभा अध्यक्ष राजेन्द्रबहादुर कुँवरले ३ मिनेट बोल्ने समय दिएका थिए ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमार्ण,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको छ । आज नीति तथा कार्यक्रम पारित भएपछि सोमवार बजेट ल्याउने तयारी रहेको छ ।