18.6 C
Achhām
अन्य

    नाति काम छोडेर सम्पर्क विहिन

    सम्बन्धित समाचार

    जेठ २९ अछामः साँफेबगर मेल्लेख (साँफे–नन्देगडा–मेल्लेख–षोडशा–ऋषिदह) सडक स्तर उन्नतीको काम ५ महिना देखि ठप्प छ । साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकालाई जोड्ने मुख्य सडक स्तरउन्नतीको काम रोकिएको ५ महिना भन्दा बढी भयो । काम छोडेर ठेकेदार सम्पर्क विहिन छ ।
    दश किलोमिटर सडक स्तरउन्नतीको कामको जिम्मा ललितपुर ईमाडोलको नाति कन्ट्रक्सन प्रा.लिले पाएको थियो । नातीले पूर्वाधार विकास कार्यालय अछामसंग २०८१ असार १५ गते काम सम्पन्न गर्ने गरी २०७९ असार ६ गते भ्याट सहित १३ करोड २८ लाख १० हजार २०८ सम्झौता गरेको थियो । सुुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजना अन्र्तगत उक्त सडक स्तरउन्नतीको पूर्वाधार विकास कार्यालय अछामका ईन्जिनियर दिपेन्द्र थापाले जानकारी दिए । पहिलो पटक २०८१ पुष २९ सम्म म्याद थप गरिएको र दोस्रो पटक म्याद थपको लागी फाईल मन्त्रालयमा पठाएको ईन्जिनियर थापाले बताए । उनले भने,‘सम्झौता मितिमा काम सम्पन्न भएन,पहिलो पटक २०८१ पुषसम्म र अब दोस्रो पटक म्याद थपका लागी फाईल पठाएका छौं । ठेकेदारले रकम अभावका कारण काम गर्न नसकेको भन्दै आएको छ । अब सायद म्याद थप भएर आउछ होला ।’ ठेकेदारले बैंक ग्यारेन्टी,बिमाका लागी समेत पैसा नभएको बताउदै आएको थापाले बताए । असार सडकको केहि नाली व्यवस्थापनको काम भए मात्र पनि वर्षायामको पानीले सडक धेरै विग्रनबाट जोगीने थापाले बताए । नाती कन्ट्रक्सनका प्रोपाईटर ज्ञानेस महर्जनले कार्यालयको फोन समेत उठाउदैनन् । सडक स्तरउन्नती अन्र्तगत सडकका नाली निमार्ण र ग्राबेल हुनेछ । हालसम्म ठेकेदारले ९ करोड १५ लाख ७६ हजार ९७८ रुपैयाँ भुक्तानी लिएको कार्यालयले जनाएको छ । अब बाँकी ४ करोड १२ लाख ३३ हजार २३० भुक्तानी रहेको छ । पूर्वाधार विकास कार्यालयका लेखाअधिकृत नयनबहादुर बुढाका अनुसार २०७९÷८० मा ४ करोड ३७ लाख ८५ हजार७७२, ०८०÷८१ मा ३ करोड १८ लाख १२ हजार ७७७ र ०८१÷८२ मा १ करोड ५९ लाख ७८ हजार ४२८ रुपैयाँ भुक्तानी भएको छ ।
    पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले कार्यालयसंग सडकका लागी बजेट अभाव नरहेको बताए । उनले भने,‘कार्यालयसंग बजेट छ,बजेट अभाव त हुदै होईन । ठेकेदारले लगानी गर्ने पैसा नै छैन भन्छ । ठेकेदार लगानीका लागी पैसा छैन भन्दै पन्छिने गरेको छ । धेरै पटक ताकेता गरेका छौं । जसरी हुन्छ काम सुरु गर्नुस् भनेका छौं । म्याद थपको प्रकृया भईरहेको छ ।’ ठेकेदारले विभिन्न बाहानामा आलटाल गर्ने गरेको थापाले बताए ।
    ठेकेदारको लापरबाहिका कारण साँफेबगरका यस्ता थुप्रै योजनाहरु लथालिङ्ग अवस्थामा रहेको साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले बताए । योजनाहरु अलपत्र पारेर ठेकेदारहरु सम्पर्क विहिन रहेको बताउदै पटक पटक तोकेता गर्दा समेत ठेकेदारहरुले नमानेको मेयर कुँवरले भनाई छ । उनले भने,‘वर्षायाम सुरु भईसक्यो,यस्ता निमार्णधिन सडकले झनै जोखिम बढाएको छ । यो वर्षको वर्षायाममा बढी पानी पर्ने भन्ने अनुमान छ । बढी जस्तो बाढी पहिरोको जोखिम यस्ता बन्दै गरेका सडकहरुले निम्त्याएका छन् ।’
    साँफे–मेल्लेख सडक छेउमा आम नागरिकलाई जानकारीका लागी राखिएको बोर्डमा सुचना समेत अधुरै राखिएको छ । वोर्डमा सडकको स्तरउन्नतीको लागत बजेट उल्लेख गरिएको छैन ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट