23.1 C
Achhām
अन्य

    छाउपडि कुप्रथा अन्त्यका लागी निरन्तर अभियान सञ्चालन आवश्यक छः सांसद शाह

    सम्बन्धित समाचार

    भगवती कुँवर,अछाम कार्तिक ११
    समविकास नेपालको १३ औँ बार्षिक साधारण सभा कार्यक्रम आईतबार साँफेबगरमा सम्पन्न भएको छ ।“महिनावारिका सम्पुर्ण विभेद अन्त्य गरौँ सभ्य समाजको निमार्ण गरौँ”भन्ने मुल नाराका साथ १३ औँ वार्षिक साधारण सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । समविकास नेपालका अध्यक्ष सत्य स्वाँरको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाका प्रमुख अथिति नेपाली कांग्रेस अछाम जिल्ला कार्यसमितिका सभापति तथा प्रतिनिधि सभा सदस्य सांसद पुष्पबहादुर शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको विशिष्ट अथिति साँफेबगर नगरापलिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवर, मंगलसेन नगरपालिका नगरप्रमुख पदमबहादुर बोहोरा र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल रहेका थिए ।
    साधारण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य शाहले संस्थाको स्थापना काल देखि अछाम जस्तो दुर्गम ठाउमा पनि समाज रुपान्तरणका लागी गरेका कामको प्रशंसा गरेका छन् । सासंद शाहले विभिन्न वर्गका व्यक्तिको अधिकार संगै समस्या ग्रस्त समुदायको पहिचान गरि निराकरणको अभियान सञ्चालन गरिरहेको भन्दै संस्थालाई धन्यवाद दिए । सिप मुलक कामसंगै पिछडीएका वगहरुको जिवनस्तर माथी उकास्नुका साथै हिंसाका परेकोहरुलाई अधिकारको साथै कानुनी उपचार गर्ने पक्ष स्वागत योग्य रहेको बताए । उनले कतिपय परम्परागत कुप्रथालाई हटाउने निकै सकस भईरहेको भन्दै छाउ भएका बेला गोठमा बस्ने परम्पराको अन्त्यका लागी निरन्तर अभियानको आवश्यक रहेको बताए ।
    कार्यक्रममा समविकास नेपालले नारा नारामा मात्रै सिमित नराखेर बास्तविक काम गरिरहेको साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए । स्थानिय तहको उद्देश्य पनि पछाडी परेका वर्गको उत्थान गर्ने,संरक्षण गर्ने रहेको भन्दै संस्थाले त्यसै अनुरुप काम गरिरहेको उनको भनाईछ। नगरपालिकाले बालबालिका र महिला हिंसा अन्त्यका लागी लागी बजेटको व्यवस्था गरेको जानकारी दिए । कार्यक्रममा मंगलसेन नगरपािलकाका प्रमुख पदमबहादुर बोहराले समविकाले नेपालले सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताए । उनले बिषेश गरेर महिलाको क्षेत्रमा सस्थाले उल्लेखनिय कार्य गरेको बताए । नगर प्रमुख बोहराले यस्ता थुप्रै कार्यक्रमको निरन्तरता दिन सुझाब दिए ।
    महिलाले मात्रै सञ्चालन गरेको संस्था जिल्लामा अब्बल रहेको भन्दै सामाजिक तथा आर्थिक रुपमा समविकास नेपालले योगदान पुर्याएको प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका विशिष्ट अथिति शिव प्रसाद लम्सालले बताए । यसका लागी प्रजिअ लम्सालले संस्थालाई धन्यवाद दिए । उनले मानव अधिकार ,सामाजिक न्याय सुरक्षा,उद्यमशिलता विकास,अधिकारको पक्षमा कानुन कार्यान्वयनमा सहजिकरणको भन्दै प्रशंसा गरे । यस्तै संस्थासंगको सहकार्यमा मर्यादित महिनावारीका लागी पछिल्लो समय जिल्लामा छाउगोठ मुक्त अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए ।

    यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अथितिहरुले समविकास नेपालले समाजमा सकारात्मक परिवर्तनका लागी सञ्चालित कामहरुको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई अझै प्रभाकारी बनाउन थप कार्य दिशा तय गर्न सुझव दिएका छन् ।यहाँका स्थानिय तहले गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर अघि बढ्न खाचो रहेको उनीहरुको भनाई रहेको छ । यसैविच कार्यक्रममा संस्थाका अध्यक्ष सत्य स्वारले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । समविकासले एक वर्षको अवधिमा संस्थाद्धारा सञ्चालित कार्यक्रमबाट प्रत्यक्षरुपमा ३ हजार ५ सयजना किशोरी,किशोर तथा महिलाहरु लाभान्वित भएका अध्यक्ष स्वारले जानकारी दिईन् । यस्तै उनले कार्यक्रममा आएका सुझाव,सल्लाहलाई आत्मसाथ गर्दै समविकास नेपाल आगामी दिनमा अगाढी बढ्ने बताईन् । यसैविच आर्थिक प्रतिवेदन संस्थाका लेखा संयोजक प्रमुख बम रावलले प्रस्तुत गरेका थिए । एक वर्षमा संस्थागत र कार्यक्रमगत जम्मा १ करोड ५७ लाख ७५ हजार ७ सय २६ रुपँैया आम्दानी भएको छ भने ८८ लाख १५ हजार २८ रुपँैया खर्च भएको उनले जानकारी दिए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट