बैशाख २५ अछाम सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का विभिन्न कार्यक्रममा सहभागी हुन अछाम आउदै छन् ।मन्त्रीको सचिवालयका अनुसार अछामको चौरपाटी गाउँपालिका ,कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रमहरु उद्घाटनका लागी मन्त्री खड्का अछाम आउन लागेका हुन् । सामाजिक विकास मन्त्री खड्काले बैशाख २६ गते चौरपाटीमा स्वास्थ्य निर्देशनालयको आयोजनामा हुने स्वास्थ्य शिविर,२७ गते कमलबजार नगरपालिकामा विद्यालय भवन तथा विष्ट समाज मन्दिर शिलन्यास र २८ गते ढकारी गाउँपालिकामा स्वास्थ्य निर्देशनालयको आयोजनामा हुने शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।