23 C
Achhām
अन्य

    निरन्तरको वर्षाले विपदजन्य घटना घट्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासन कार्यालयकोे अनुरोध

    सम्बन्धित समाचार

    भगवति कुँवर भदौ २८ अछाम
    अछाम जिल्लामा बुधवार राति देखि निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अछामले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान महाशाखाबाट जारी भएको सुचनामा सुदुरपश्चिम प्रदेशका अछाम सहितका विभिन्न जिल्लाहरुमा २७ गते बिहिवार देखि २९ गते शनिबारसम्म भारी तथा अतिभारी वर्षा हुने पुर्वानुमान गरेको थियो । यद्यपि अछाम जिल्ला लगाएत देशका धेरै स्थानमा बुधवार राती देखिनै निरन्तर वर्षा हुन थालेको छ।
    भारी तथा अति भारी वर्षाले पहाडी भुभागमा भु–क्षय,पहिरो तथा गेग्रान बहावको जोखिम निम्त्याउने र भिरालो जमिन,नदि नाला,खहरे खोला आसपास बसोबास गर्ने जनसमुदायमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।साथै विपद जन्य घटना घटेमा वा घट्न सक्ने सम्भावना देखिमा सुरक्षित स्थानमा बस्न र वुद्धवुद्धा, बालबालिका, गर्भवती र फरक क्षमता भएका व्यतिmहरुलाई सुरक्षित स्थानमा सार्न आश्यिक सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ।

    यस्तै तत्काल खोज,उद्धार,राहत र आवश्यक अन्य सहयोग लागी नजिकैको ईलाका प्रहरी कार्यलय,जिल्ला आपतकालिन केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

     

     

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट