भगवति कुँवर फागुन २ अछाम
जिल्ला स्तरिय १५ औँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगीताको तयारी तिव्र पारिएको छ । यहि फागुन ७ गते देखि चौरपाटी गाउँपालिकामा सुरु हुने जिल्ला स्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगीताको तयारी भईरहेको हो। हरेक वर्ष सदरमुकाम मंगलसेनमा आयोजना हुदै आएको प्रतियोगीता यो वर्ष भने चौरपाटी गाउँपालिकामा हुने भएको छ। प्रतियोगीतामा जिल्लाका १० स्थानिय तहका खेलाडीहरुको सहभागी हुनेछ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र चौरपाटी गाउँपालिकाको समन्वयमा सञ्चालन हुने १५ औँ राष्ट्रिपति रनिङसिल्ड प्रतियोगीताको तयारी भव्यताका साथ भईरहेको गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले जानकारी दिए। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रनिङशिल्ड प्रतियोगीताको उद्घान गर्ने उनको भनाई रहेको छ। गाउँपालिकाको आफ्नै खेलमैदान निमार्णधिन अवस्थामा रहेको बताउदै अध्यक्ष साउदले सबै विधाका खेल यसै खेलमैदानमा खेलाउने गरेर फागुन ४ गते सम्म संरचना तयार पार्ने गाउँपालिका अध्यक्ष साउदले बताए।
खेलाडीहरुलाई सर्वदलिय बैठक मार्फत खेलमैदान नजिकमा रहेका विद्यालय,विभिन्न पार्टी कार्यालय र होटलहरु व्यवस्थापन गरिने अधयक्ष साउदले जानकारी दिए। १५ औँ राष्ट्रिपति रनिङसिल्ड प्रतियोगीतालाई मर्यादित रुपमा सम्पन्न गर्ने उद्देश्यको साथ विभिन्न उपसमिति गठन गरेर कामहरु भईरहेको साउदले बताए।