20.5 C
Achhām
अन्य

    किराले धानबाली नष्ट गर्नथालेपछि किसानको खेतमा विषादी छर्किदै वडाध्यक्ष कडायत

    सम्बन्धित समाचार

    साउन १,अछाम
    साँफेबगर नगरपालिका ७ रिडिकोटका किसानहरु धानबालीमा किरा लागेपछि चिन्तीत बनेका छन् । रिडिकोटको चिउरीनाव र सिस्नेफाँटमा रोपेको धानबाली किराले नष्ट गर्न थालेको छ । करिब एकसय रोपनीमा लगाईएको धानबाली किराले सखाप पार्न थालेपछि किसानहरुले वडामा जानकारी गराएको वडाध्यक्ष हिक्मत कडायतले जानकारी दिए । वडाध्यक्ष स्वयंमले नै किसानको खेतमा पुगेर विषादी छर्केको स्थानीय कृषक सिद्ध राईजुले बताए । वडाध्यक्षलाई जानकारी गराउने बित्तिकै वडाध्यक्ष आफैले विषादी किनेर खेतमा छर्केको राईजुले बताए ।

    धानबालीमा फट्के किरा लागेको कृषि प्राविधिक तुलसी थापाले बताईन् । साँफेबगर नगरपालिका कृषि शाखामा धानमा लागेको किराको बारेमा जानकारी गराउदा शाखामा कुनै पनि विषादी नरहेको पाईएको वडाध्यक्ष कडायतले बताए । उनले भने,‘कृषि शाखामा किसानलाई आवश्यक पर्ने कुनै औषधी विषादी छैन,निजि एग्रोभेटबाट विषादी खरिद गरेर धानमा छर्केका छौं । वडाका बासिन्दालाई समस्या पर्दा नजिकको सरकार वडा सरकारले समस्या सम्बोधन गर्नुपर्छ । आफ्ना नागरिक दुख पिडामा हुँदा सधै साथमा हुनुपर्छ जनप्रतिनिधि । त्यहि भएर म आफै गएर खेतमा विषादी छर्केको हुँ ।’

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट