26.3 C
Achhām
अन्य

    हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा राष्ट्रिय धान दिवस साँफेबगरमा पनि मनाइयो

    सम्बन्धित समाचार

    असार १६,अछाम
    २१ औँ राष्ट्रिय धान दिवस अछामका विभिन्न स्थानमा पनि मनाईएको छ ।२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल देखि असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुने भएकाले थकित भएका किसान शक्ति प्राप्तिका लागि आजको दिनमा दही चिउरा खाने पनि गरिन्छ । दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।यसै अवसरमा हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा राष्ट्रिय धान दिवस मनाईएको छ । संस्थाले वित्तिय कारोवार देखिं कृर्षी काम गर्दै आएकाले राष्ट्रिय धान दिवस मनाइएको संस्थाका अध्यक्ष सुरतबहादु भुलले बताउनु बताए । गत बुधबार आएको वर्षाका कारण सहकारीले २ रोपनी जग्गामा लगाएको तरकारी बाढीले डेढ लाख सम्म क्षेति पुर्याको उनको भनाई छ । तरकारी बारीलाई नष्ट गरेर डुवनमा परेको क्षेत्रलाई पुनःप्रयोगमा ल्याउनका लागी धान वाली लगाईएको अध्यक्ष भुलले जानकारी दिए ।कार्यक्रममा साँफेबगर नगरपालिका वडा नं।४ मष्टामान्डौँका वडा अध्यक्ष नवराज बुढाको प्रमुख आथित्यता सम विकास नेपालका संस्थाका प्रमुख तथा प्रतिनिधि,लघुवित्तका कर्मचारी,बैंकका कर्मचारी, स्थानिय कृषक,सहकारीका सेयर सदस्य, कर्मचारी ,प्रत्रकार लगाएको सहभागीता रहेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट