असार ९,अछाम
साँफेबगर नगरपालिका १२ खप्तडमा निशुल्क पशु स्वास्थ्य शिविर तथा कृषि विउ वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।
साँफेबगर नगरपालिका पशु शाखाको प्राविधिक सहयोग र वडा कार्यालय खप्तडको आयोजनामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको वडाध्यक्ष जनक कडायतले जानकारी दिए । गाई भैंसी बाख्राहरुमा लाग्ने रोग विरुद्धको खोप लगाउनुका साथै औषधी वितरण गर्नुका साथै बोकालाई खशी बनाउने कार्य शिविरमा भईरहेको छ । शिविरमा पशु पालक कृषकहरुलाई आएर आफुले पालेका पशुहरुको उपचार गर्न वडा अध्यक्ष कडायतले आग्रह गरेका छन् । टाढा टाढाका किसानहरुलाई सहज होस् भन्ने उदेश्यका साथ शिविर यहि असार १२ गतेसम्म सञ्चालन गरिएको वडा सदस्य रमेश कडायतले बताए । कृषकहरुलाई वर्षेबालीका लागी विउ वितरण पनि गरिएको कडायतले बताए । शिविरले विकटका किसानहरुलाई शिविरले केहि राहत भएको र किसानहरुलाई पशु सम्बन्धी आवश्यक परामर्श समेत प्रदान गरिएको उनले बताए ।