26.3 C
Achhām
अन्य

    अछाममा आज ओल्के पर्व“बुढी पोल्ने तिहार’’मनाईदै

    सम्बन्धित समाचार

    भदौ १ अछाम

    अछाम जिल्ला सहित सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदैछ। हरेक वर्ष भदौ १ गतेका दिन मनाईने ओल्के पर्व मनाईने गरिन्छ । काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर अछाम सहित सुदुरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ। साउन मसान्तसँगै यहाँ ओल्के पर्वको रमझम सुरु हुन्छ।

    साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ। साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ।ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो÷मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो। यस्तै भदौ १ गतेको अघिल्लो रात साउन महिनाको अन्तिम दिन“बुढी पोल्ने तिहार’’अछाम जिल्लामा मनाउने गरिन्छ।हाम्रो समाजमा मनाईने हरेक चाड पर्वहरु मध्ये यस पर्वको पनि एउटा विशेष महत्व रहेको छ । साउन महिनाको १ गतेका दिन प्रत्यक घरको मुल ढोका र झ्यालमा लगाएका झिझेरी काडो,तेलपाराको विरुवालाई एउटै ठाउमा जम्मा गरेर साउनको अन्तिम दिनको साझतिर पोल्ने चलन रहेको राष्टिय माध्यामिक विद्ययालय साँफेबगर नगरपालिका १३ बाब्लाका पुर्व लेखापाल तथा समाजसेवि मिन बहादुर कुँवर बताए । ‘उनले भने’ गाँउका युवायुवतिहरुले प्रत्यक घरमा लगाएका झ्यालुकाडा उठाएर एउटा शव बनाई मकैको काठमा बाधीन्छ,मकै र ध्वजाको बाठ बनाउने,कनको घुर्कि,ठेर्नाको संख बनाई मानिसको शव लिने बाटोको ठाँउमा लगेर अस्ताउने गरिन्छ र अस्ताई सके पछि केटाकेटीहरुले मकै पोलेर खाने,धारामा नुहाउने,नुहाउने क्रममा पछाडी रहेको व्यक्तिलाई सिस्नोले चिलाउने परम्परा रहेको छ’। यस्तै बेलुका सबैले आ–आफनो घरमा सेल रोटी,मासको रोटी पकाई खाएर“बुढी पोल्ने तिहार’’बनाउने चलन रहेको उहाँको भनाई रहेको छ । साउन महिनाको रात एउटा कालको रात भएकाले आफनो घरमा राक्ष्यषको प्रवेस नहोस् र आफना साना बालबालकिालाई भुत पिचास नलागोस भनेर साउन महिना भरि घरको मुल ढोकामा,झ्यालमा र गाईको गोठमा झिझेरी काडो,तेलपाराको विरुवा लगाउने किंम्बदन्ती रहेको छ। पुखौँ देखि मनाउदै आएका विभिन्न चाड पर्वहरु मनाई रहेपनि पहिलेको जस्तो चहल पहल नरहेको कुँवरले बताउनु भयो ।‘गाउँका बुढापाखाहरुलाई चाड पर्व लोप हुदै गएकोमा चिन्ता छ,अहिलेका पुस्ताका मानिसले विदेशी रहनसहनको सिको गर्न थाले आफ्नो स्थातिय संस्कार विर्सदै गए,सामाजिक सञ्जालले पनि हाम्रो असर पार्न थालेको उनले भने’। मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्न गाँउघर छोडेर शहर पस्ने प्रचलन बढ्दै गएको र जुन समुदायमा गयो त्यहि समुदायको सिको गर्ने बानिले पनि यसमा प्रभाव परेको उँहाको भनाई छ ।

    समाज विकासको चरणमा अघि बढ्दै जादा हाम्रो पुर्खाले मनाउदै आएका पुराना परम्पराहरु लोप हुन थालेका छन्। गाउघर बाट सेवा सुबिधा तथा उज्वल भबिश्यको लागि गाँउ छोड्ने गरेका कारण पनि नेपाली समाजका कैयौँ चाडपर्वहरू लोप हुँदै गएका छन् ।त्यसैले आफ्नो गाँउघरमा परापूर्वकालदेखी चलि आएका मौलिक संस्कार जोगाइ राख्नको लागि एक पटक युवा र सरोकारवालाहरुले सोच्नै पर्ने र हाम्रा चाडपर्व,कलासंस्कृति जोगाउन निरन्तरता दिन जरुरी छ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट