असोज १३ अछाम
चौरपाटी गाउँपालिका ४ पायलको बैजनाथ माविमा नेवि संघको इकाई कार्यसमिति गठन गरिएको छ । आज विद्यालयमा भएको भेलाले नेपाल विद्यार्थी संघको इकाई कार्यसमिति गठन गरेको हो ।
भेलाले ममता कुँवरको अध्यक्षतामा ३९ सदस्यीय नेवि संघको इकाई समिति गठन गरेको हो । जसको उपाध्यक्षमा निर्मला कुँवर,सचिबमा सुनिता देउकर,सहसचिबमा माया धामि,कोषाध्यक्षमा प्रेङक देउकर रहेका छन् । त्यसैगरी सदस्यहरुमा धनहादुर परियार,सिता देउकर,बिनोद धामी,सानु देउकर,सुचना कुँवर,ईशा कुँवर,शितल कुँवर,अन्जु विक लगायतका ३९ जना सदस्यहरु रहेका छन् । यसैगरी चौरपाटी गाउँपालिका १ को सिउडी माविका पनि नेवि संघको इकाई कार्यसमिति गठन गरिएको छ । आज विद्यालयका एक कार्यक्रमको आयोजना गरी इकाई कार्यसमिति गठन गरिएको हो । महाविर साउदको अध्यक्षतामा ५९ सदस्यीय इकाई कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा पुष्प साउद,महेन्द्र सउद, सचिबमा बिषेश देवल,सहसचिब पवित्रा साउद,रोहना थापा,अस्मीता शाह,रेवन्त विक,बिक्रम थापा,प्रबेश साउद, कोषाध्यक्षमा धनसरा साउद रहेका छन् । त्यसैगरी सदस्यहरु पशसुपति साउद,देवकला साउद,उत्तर शाह,स्वस्तिका शाह,दिनेश थापा लगायतका ५९ सदस्य रहेका छन् ।
नेवि संघको संगठन विस्तार कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयहरुका ईकाई गठन गर्ने कार्यक्रम रहेको नेवि संघका जिल्ला अध्यक्ष खेमराज खड्काले जानकारी दिए । अध्यक्ष खड्काले रहेक विद्यालयमा नेवि संघ गठन गरिने र नेवि संघलाई चलायमान बनाउने उदेश्यका साथ संठन विस्तारको कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाईएको बताए । कार्यक्रममा त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवर लगायतको उपस्थिति रहेको थियो ।