23 C
Achhām
अन्य

    नागरिकका स–साना आवश्यकतालाई स्थानिय सरकारले पुर्ति गर्नुपर्नेमा मन्त्री खड्काको जोड

    सम्बन्धित समाचार

    भदौ ३० धनगढी
    सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नागरिकका साना भन्दा साना आवश्यकतालाई स्थानिय सरकारले पुर्ति गर्नुपर्नेमा जोड दिएका छन् ।
    धनगढी उपमहानगरपालिको क्षेत्रभित्र क्षेत्रिय शहरी विकास आयोजनाद्धारा विभिन्न सडक खण्डमा जडान गरिएका सडकबत्तीहरुको उद्घाटन गर्दे मन्त्री खड्काले स्थानीय सरकार नागरिकको घर नजिकको सरकार भएकाले पनि साना विषयलाई महत्व दिनुपर्ने बताए । मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले नागरिकको जनचाहना अनुरुप सक्रियरुपमा काम गरिरहेको भन्दै धन्यवाद दिए । धनगढी उपमहानगरपालिका सुुदूरपश्चिमको गौरवका रुपमा रहेकाले यहाँको एक मात्र उपमहानगरपालिका रहेकाले पनि सुन्दर शहरको विकासको रुपका अगाडी बढाउन जरुरी रहेको बताए ।
    सामाजिक विकास मन्त्रालयले पनि उपमहानगरपालिकासंग शिक्षा, स्वास्थ लगायतका विषयका सहकार्य गर्दे जाने बताए । उनले नागरिकको चाहना अनुसार प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा कामहरु गर्ने बताए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट