23 C
Achhām
अन्य

    स्वास्थ बिमा कार्यक्रमलाई विषेश प्राथमिकतामा साथ अगाडी बढाईएको छ ःमन्त्री खड्का

    सम्बन्धित समाचार

    असोज १५ अछाम
    सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वास्थ बिमालाई विषेश प्राथमिकतामा साथ अगाडी बढाईएको बताएका छन् ।
    नेपाल प्रेस युनियन अछामले आज मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले स्वास्थ बिमालाई प्रभावकारी बनाउन मन्त्रालय अन्र्तगत लागत साझेदारीमा स्वास्थ बिमाको कार्यक्रम सञ्चालन हुने बताए । मन्त्री खड्काले राज्यको लगानी आफ्ना नागरिकको जिवनस्तर माथी उठाउनमा गर्नुपर्ने भन्दै यस्ता थुप्रै कार्यक्रमहरु गरिने बताए । उनले भने,‘नागरिकको सहजरुपमा गुणस्तर स्वास्थ पाउनुपर्ने त्यसका लागी पहाडी जिल्लाहरुमा डाक्टरहरु टिकाउनका लागी बिषेश प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौं। विषेशज्ञ सेवा प्रदानका लागी यस्तो व्यवस्था मिलाएको छु । सिमान्तकृत समुदायका छात्राहरुलाई प्राविधिक शिक्षा पढाउनका लागी छात्रबृतिको योजना ल्याएको छु । यस्ता थुप्र कार्यक्रमहरु छन् ।’
    मन्त्री खड्काले कोहि व्यक्ति विषेश कोहि निश्चीत समुदायको भन्दा पनि धार्मिक पर्यटकिय क्षेत्रका मन्दिरका लागी बजेट बिनियोजन भएको बताए । अधिकाश योजनाहरु अहिले पनि मन्दिरकै लागी आउने गरेको उनले बताए । मन्दिर निमार्णको लागी माननियहरुकै प्रस्ताव र योजनाहरु आउने गरेको मन्त्री खड्काले बताए ।
    नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब तारामान खड्काले गरेका थिए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट