भगवती कुँवर,भदौ १ अछाम
साँफेबगर नगरपालिका ४ मष्टामान्डौैँमा रहेको एयरपोट बजार आज सरसफाई गरिएको छ। एयरपोर्ट बजार व्यवस्थापन समिति साँफेबगरद्धारा बजार सरसफाई कार्यक्रम गरिएको हो।
विगत दुई वर्ष देखि नियमित रुपमा महिनाको अन्तिम शनिबारका दिन बजार बन्द र सरसफाई कार्यक्रम गरिदै आएको एयरपोट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए । हाम्रो साँफेबगर सुन्दर साँफेबगर बनाउनका लागी बजार सरसफाई कार्यक्रमलाई नियमिति रुपमा गरिदै आएको भए पनि साउन महिनाको अन्तिम दिन प्राविधिक कारणले गर्न नसकिएको र भदौ १ गते आज शनिवारको दिन सरसफाई गएिको अध्यक्ष कुँवरले बताए । समितिले बजार सरसफाईको लागी बजारका हरेक पसलमा डसविन राखिएको र हप्ताको ३ दिन नगरपालिकाको गाडिले बजारको फोहोर उठाउने गरेको अध्यक्ष कुँवरले बताए ।
सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी,नेपाल प्रहरी,बजार व्यवस्थापन समितिका पदाधिकारी, व्यापारी,समाजसेवि,बजार बासी लगाएतको सहभागीता रहने गर्दछ ।