25.5 C
Achhām
अन्य

    माओवादी केन्द्र साँफेबगरको अध्यक्षमा पुनः ठकुल्ला

    सम्बन्धित समाचार

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र साँफेबगर नगर कमिटीको अध्यक्षमा पुनः रंग बहादुर ठकुल्ला चयन भएका छन ।
    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र साँफेबगरको तेस्रो नगर अधिवेशनको बन्दशत्रबाट ठकुल्लाको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी चयन भएको हो । जस्को उपाध्यक्षमा हिरिण्ड ठकुल्ला , नृप बहादुर कुँवर ,मिना अधिकारी , सचिव नेत्र परियार , सह सचिव मान बहादुर ठकुल्ला , काेषाध्यक्ष किरण परियार लगायत अन्य सदस्यहरु रहेका छन ।

    बेथिति र भ्रष्टाचार विरुद्ध आर्थिक समृद्धि र सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेस्रो नगर सम्मेलन भन्ने मुल नारा सहित तेस्रो नगर अधिवेशन साँफेबगरमा सम्पन्न भएको हो ।

    साँफेबगर नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै : माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज सरद सिंह भण्डारीले : कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा राखेर समाजवादको बाटोमा उन्मुख हुने बताए । देशमा जसरी भएपनि सुशासन कायम गर्ने , देशमा शासन व्यवस्था प्रभाकारी बनाउन लाग्ने बताए  । साथै  उनले देशमा समाजवादको व्यवस्था गर्दै सबै गरीब दिन दुखीलाई खान लाउने पुग्ने व्यवस्था मिलाउनका लागि माओवादी पार्टी लागेको  बताए । विशिस्ट अतिथिको आसनबाट बोल्दै केन्द्रिय सदस्य तथा अछाम संघीय निर्वाचन क्षेत्र न.१ इन्चार्ज दिपक साउँदले देशलाई समृद्धिको बाटो तिर लैजान र सुशासनको बाटो तर्फ लिन माओवादी पार्टी लागिरहेको बताउनु भयो । जनतालाई स्वरोजगारी तिर लिन , जनताको जन जीवन माथि उठाउन माओवादी पार्टीको महत्त्वपूर्ण भुमिका रहेको  बताए ।
    अधिवेशनमा वैकल्पिक केन्द्रिय सदस्य एवं प्रदेश निर्वाचन १ ख इन्चार्ज लोक बहादुर बोहरा (ज्वाला ),प्रदेश कमिटी सदस्य मनोज रावल , बैजन्ती कुँवर  रहेको थिए ।
    जिल्ला तथा साँफेबगर नगर स्थित पार्टीका विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट