25.3 C
Achhām
अन्य

    लाईफलाईन अछामद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सम्बन्धित समाचार

    बैशाख २४अछामःलाइफलाईन अछामले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।मंगलबार जिल्लाको साँफेबगर नगरपालिका ३ सिद्धेश्वर स्वास्थ्य चौकीमा १७० जनाले प्रत्यक्ष सेवा लिएका लाईफलाईन अछामले जनाएको छ।

    अछाम जिल्ला अस्पतालका डाक्टर कृष्णबहादुर सोडारी र बयालपाटा अस्पतालका डाक्टर बिशाल खडका र महेन्द्र कुँवरले बिरामीहरुको चेकजाँच गरेका थिए । शिविरमा सामान्य स्वास्थ्य जाँच, दीर्घ रोगको उपचार तथा परामर्श, उच्च रक्तचाप र मधुमेह को स्क्रीनिङ, निशुल्क औषधि वितरण गरिएको थियो । साथै शिविरसम्म पुग्ने अवस्था नभएकाहरुलाई निशुल्क यातायातको समेत व्यवस्था गरिएको थियो ।

    शिविरका संचालनका लागी बेलायत बस्ने विक्रम कुँवर र जयसिंह आउजीले औंषधी सहयोग गरेका लाईफलाईन अछामले जनाएको छ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट