जेठ ३० अछामः कुँवरहरुको उद्गमस्थल बान्नीगढी जयगढ गाउँपालिका २ को जनालीकोटमा आज कुँवर समाज सेवा समिति अछामको बैठक सम्पन्न भएको छ । बैठकमा कार्यसमिति हेरफेर गरिएको छ ।
कुँवर समाज सेवा समिति अछामका अध्यक्ष कालुसिंह कुँवरको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति हेरफेर गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शिबबहादुर कुँवर शिलोज,सचिबमा रवि कुँवर,सहसचिबमा मिनबहादुर कुँवर,कोषाध्यक्षमा मन्जु कुँवर,सदस्यहरुमा रमेश कुँवर,पुर्ण कुँवर,मिठ्ठु कुँवर,दिनेश कुँवर,सुरेश कुँवर,राम कुँवर,आकाश कुँवर र अशोक कुँवर रहेका छन् । बैठकमा प्रमुख अतिथि कुँवर समाज नेपालका केन्द्रिय उपाध्यक्ष सुर्य कुँवर रहेका थिए । बैठकमा साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर,पुर्व समन्वय समिति प्रमुख नरबहादुर कुँवर,पुर्व नगर प्रमुख कुलबहादुर कुँवर,समन्वय समिति सदस्य नरेन्द्र कुँवर लगायतको उपस्थिति रहेको थियो । बैठकमा सदस्यता नविकरण लगायतका विषयमा छलफल भएको थियो ।