भगवति कुँवर बैशाख ४ अछाम : साँफेबगर नगरपालिकामा ५ वर्ष मुनिका १ हजार २७ जना भन्दा बढी बाल बालिकाले पोणखोपलगाएका छन्। नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधवार सम्पन्न पुर्णखोप सुनिश्चता तथा दिगोपना सम्बन्धि पालिकाखोप समन्वय समितिको बैठकमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण नाथ योगीले तथ्याङ्क सार्वजनिक गर्दै उक्त कुराजानकारी दिएका हुन । पालिका खोप समन्वय समितिका संयोजक तथा नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सञ्चालनभएको बैठकको सहजीकरण स्वास्थ्य शाखा प्रमुख लक्ष्मण नाथ योगीले गरेका थिए ।
नगरपालिकामा १६ महिना सम्मका २ सय ५६ जना बालबालिकाले पुर्णखोप लगाएका हुन। जस अन्तर्गत वडा नम्बर १ का २० जना, वडा नम्बर २ का १२ जना, वडा नम्बर ३ शिद्देश्वर स्वास्थ्य चौकीमाका १३ जना , वडा नम्बर ४ का ४० जना, वडा नम्बर ५ का २० जना, वडा नम्बर ६ का १० जना, वडा नम्बर ७ जना २१ जना, वडा नम्बर ८ का १३ जना, वडा नम्बर ९ का १८ जना, वडा नम्बर १० का २६जना, वडा नम्बर ११ का १७ जना, वडा नम्बर १२ का १६ जना, वडा नम्बर १३ का १८ जना र वडा नम्बर १४ का ३० जना जनाबालबालिकाले पुर्णखोप लगाएका तथाक रहेको छ।
यस्तै १६ महिना देखि ५ वर्ष मुनिका ७ सय ७१ जनाले पुर्णखोप लगाएका छन्। जसमा वडा नम्बर १ बैजनाथमा ४१ जना, २जाल्पादेखिमा ४१ जना, ३ शिद्देश्वर स्वास्थ्य चौकीमा ३३ जना, ४ मष्टामान्डौमा १ सय ३२ जना, ५ नवाठानामा ६० जना, ६भागेश्वरमा २४ जना, ७ रिडीकोटमा ६१ जना, ८ चन्डिकामा ३३ जना, ९ बुढाकोटमा ५५ जना, १० घुघुरकोटमा ८० जना, ११देविस्थानमा ३५ जना, १२ खप्तडमा ६३ जना, १३ बाब्लामा ७४ जना र १४ पातलकोटमा १ सय १३ जना गरेर ७ सय ७१बालबालिकाले पुर्णखोप लगाएका तथ्याङ्गक रहेको छ। स्वास्थ्य शाखा प्रमुख योगीले सहरमा रहेका बालबालिकाको तथ्याङ्गकसंकलन भईरहेको बताउनु हुदै यो संख्या अझै बढ्ने जानकारी दिए । पालिका भरि खोप लगाउन छुटेका श्रिकोटका दुई जनाबालबालिकालाई पनि खोप लगाएको छ। गत चैत्र महिनासम्म नगरपालिकामा ५ वर्ष सम्मका १ हजार ९ सय ९२ जना भन्दा बढीबालवालिकालाई पोषणभत्ता दिएको छ। योे संख्या पुर्णखोप लगाउने बालबालिकाको संख्या भन्दा दोब्वरले बढी रहेको छ।
बैठकको समापन गर्दै नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पछिल्लो समय खोपका कारण बाल मृत्यु दरको प्रवृतिमा कमी आएको बताए । सरकारले १३ वटा विभिन्न प्रकारका खोपहरु निशुल्क प्रदान गरि रहेकाले खोप लगाउन बाट कुनै पनि बालबालिकालाईनछुटाउन आग्रह गरे । देश विकासमा भौतिक पुर्वधार निमार्ण गरेर मात्रै नहुने भन्दै हरेक मानिसमा सकारात्मक सोचको विकास हुनआवश्यक रहेको उनको भनाई छ ।
बैठकमा नगर उपप्रमुख शिव बहादुर कुँवर, १४ वटै वडाका अध्यक्ष, कार्यवाहक वडा सदस्य, महिला तथा बालबालिका शाखा प्रमुखअनिता जोशी, नगर कार्यसमिति सदस्य अनिल रैगाई लगाएत पालिका खोप समन्वय समितिका सदस्यहरुको सहभागीता रहेकोथियो।