22.1 C
Achhām
अन्य

    सुदूरपश्चिम प्रदेशका मन्त्री खड्का र सार्कीद्धारा आगलागी भएको जयगढ बजारको अनुगमन

    सम्बन्धित समाचार

    चैत २८ अछामः बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन गरेका छन् । जयगढ पुगेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीले आगलागीबाट भएको क्षतिको अनुगमन गरेका हुन् । मंगलवार राती भएको आगलागी घटनाको अवस्था बुझ्न मन्त्रीको टोली धनगढीबाट बुधवार राती नै अछाम पुगेको हो । टोलीले विहिवार विहान जयगढ पुगेर आगलागी पछिको अवस्थाको निरीक्षण गर्नुका साथै ,पिडितहरुसंग पनि छलफल गरेका छन् ।
    सामाजिक विकास मन्त्री मेघराज खड्काले क्षतिको अझै विस्तृत रुपमा विवरण संकलन गर्न सुझाब दिए । मन्त्री खड्काले प्रदेश सरकारबाट ५० लाख आर्थिक सहयोग गर्ने निर्ण भएको जानकारी दिदै सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले यति बेला गाउँपालिकालाई ठुलो जिम्मेवारी आएकाले संयमता पुर्वक भुमिका निर्वाह गर्न आग्रह गरे । मन्त्री खड्काले विभिन्न संघ सस्थाहरुलाई समेत सहयोगको अपिल गरेका छन् । यस्तो विपद्का बेला गलत मानसिकता भएकाहरुले मालसमानहरु चोरी गरेको भन्दै मन्त्री खड्काले तिनको पहिचान गरी कार्वाहि गर्नुपर्ने बताए ।
    मंगलवार साँझ ७ः२० बजे भीषण आगलागी भई २३ घरमा रहेका ३५ पसलहरु जलेर नष्ट भएका छन् । भौतिक संरचना बाहेक आठ करोडभन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जनाएको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट