भदौ २३ अछाम
साँफेबगर नगरपालिकामा आयोजित हाजिरीजवाफ प्रतियोगीतामा प्रथम राष्टिय मावि बाब्ला भएको छ ।
५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगितामा साँफेबगर नगरपालिका १३ बाब्लाको राष्ट्रिय मावि १५ अंक सहित प्रथम भएको हो । यसैगरी १३ अंक सहित द्धितिय साँफेबगर नगरपालिका १ बैजनाथको सुर्यचन्द्र मावि, ११ अंक सहित तृतीय साँफेबगर नगरपालिका ३ को किण्डर गार्डेन एकेडेमी र प्रभा धम्कोट मावि र १० अंक सान्त्वना बर्चहिल एकेडेमि र बेतालमाण्डौ मावि भएका छन् । प्रतियोगीतामा १५ प्रतिशत कर कट्टी सहित क्रमश प्रथम पुरस्कार दश हजार, द्धितिय ८हजार तृतीय ६ हजार र ४ हजार सान्त्वना रहेको छ ।
प्रतियोगितामा नगरपािलकाका १६ वटा विद्यालयको सहभागीता रहेको थियो । कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले अन्र्तराष्टिय सारक्षता दिवसको शुभकामना दिदै विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त ज्ञानको पनि आवश्यक रहेकोमा जोड दिए । प्रमुख कुँवरले नगरपालिकाले शिक्षामा गुणस्तर ल्याउनका लागी हर सम्भव प्रयास गरिरहेको बताए । उनले शिक्षा गुणस्तर जिवनयापनको आधारशिला भएकाले सबैले यसका भुमिका खेल्न आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख शिबबहादुर कुँवर,पुर्ब उप्रमुख बिर्मला देवि बुड्थापा,बिभिन्न राजनितिक दल,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कानुन शाखाका निर्प विश्वकर्माले गरेका थिए भने स्वागत मन्तव्य शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्ट्ले राखेका थिए । साफेबगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले गरेका थिए । प्रतियोगिताको सहजिकरण प्रशासन शाखा प्रमुख शंकर थापा र वडा सचिब पुर्णराज जोशीले गरेका थिए ।