26.3 C
Achhām
अन्य

    बाब्लामा एक लाख ४० हजार बढीको बाख्राको बिमाङ्क रकम हस्तान्तरण

    सम्बन्धित समाचार

    भगवती कुँवर,साउन १४ अछाम
    साँफेबगर नगरपालिका – १३ बाब्लामा बाख्राको बिमाङ्क रकम हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड अछाम शाखाद्धारा कृषि तथा पशुपन्छी फर्म सञ्चालक साइचे सावदलाई ६८ हजार,सरिता देवि कुँवरलाई १५ हजार २०० ,पदम रावतलाई १७ हजार १०० र हर्कबहादुर कुँवरलाई ४० हजार गरेर जम्मा एक लाख ४० हजार ३०० रकमको चेक हस्तान्तरण गरिएको छ । आफ्नै गाउँ ठाउँमा आएर मरेका बा्रखाहरुको विमा बाफतको रकम पाएकोमा फर्म सञ्चालकहरुले खुशी व्यक्त गरेका छन् । उक्त कार्यक्रममा वडा अध्यक्ष रुपबहादुर कुँवर,बडा सदस्य बलबहादुर साउद,हंशे साउद ,बिरु सुनार,बसन्ती बिष्ट, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड अछाम शाखाका प्राविधिक होमराज जोशी ,नेपाली काग्रेसका प्रतिनिधि नरु देबी कुँवर,नेकपा एमालका प्रतिनिधि कबिराज जोशी,नेकपा एकीकृत समाजवादी प्रतिनिधि ईश्वर बटाला, राष्ट्रिय माध्यामिक विद्यालयका सहायक प्रध्यानाध्यापक रमानन्द जोशी,जाल्पादेबी आधारभुत विद्यालयका उमाकान्त जोशी,वाक नेपालका पुर्ब अध्यक्ष मीनबहादुर कँुवर,पशु प्राबिधिक चन्द्रबहादुर कँुवर,स्वास्थ चौकी बाब्लाका धनी केसी लगाएतको सहभागीता रहेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट