बैशाख २९ अछाम ः साँफेबगर नगरपालिकामा नेपाल स्वास्थ्य कर्मी संघ गठन गरिएको छ । प्रथम नगर अधिवेशनले नृपबहादुर कठायतको अध्यक्षतामा २१ सदस्यीय नगरकार्यसमिति सर्वसम्मत गठन गरेको हो ।
स्वास्थ्य कर्मी संघ नगरकार्यसमितिको उपाध्यक्षमा सत्य खाती,तुलबहादुर बुढा,राजेश शर्मा,हिमाल बुढा,मन्जु गुरुङ्ग,शान्ता कुँवर,सचिव पुन्यराज खनाल,कोषाध्यक्ष विहानी बटाला,सह सचिव दिपेश बटाला,भावना बोगटी,भावना रावल कुँवर सदस्यहरु धुर्व भट्ट्,दिलमाया अधिकारी,मिना कडायत,जानकी कुँवर,मनित सार्कि,शिब चौधरी,निर्मला श्रेष्ठ,ललिता बोहरा र राजन बुढा रहेका छन् । नवनिर्वाचित संघका अध्यक्ष कठायतले समग्र स्वास्थ्य क्षेत्र र पेशागत हिकहितका निम्ती कटिबद्ध रहने बताएका छन् । अध्यक्ष कठायतले सम्पुर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई आफ्नो पेशा प्रति बफादार रहन समेत आग्रह गरे ।
कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर,नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि कृष्ण कुँवर,नेपाली कांग्रेसका क्षेत्रिय सचिब भीम कुँवर,जिल्ला कार्यसमिति सदस्य सुरत कुँवर,स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष बम प्रसाद भट्ट्,सदस्य लक्षमणनाथ योगी,अतिथिहरु निमार्ण व्यवसायी संघ अछामका महासचिब गौतम कुँवर लगायतका रहेका थिए ।