26.3 C
Achhām
अन्य

    प्रशासनमा सेवाग्राहीको स्वास्थ्य परिक्षण कक्ष स्थापना

    सम्बन्धित समाचार

    असार १६ अछामः अछाममा जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य परिक्षण कक्ष स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । स्वास्थ परिक्षण कक्षको आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरेका हुन। कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परिक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताए । स्वास्थ परिक्षण कक्ष स्थापनाले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उनले बताए। यो कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा, बालविवाह र लागुऔषध दुव्र्यसनलगायत समस्या न्यूनीकरण गर्ने विषयमा सेवाग्राहीसँग छलफल गरिरहेको लम्सालले जानकारी दिए। कार्यक्रम प्रभावकारी बन्दै गएका बेलामा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी स्वास्थ्य परीक्षण गरिने भएको हो। प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया काली कुँवरको स्वास्थ्य जाँच गरेर अभियानको शुभारम्भ गरिएको हो।

    सेवा लिन आएका सेवाग्राहीलाई न्यूनतम जाँचसहित औषधि उपचार गरिने र सोमबारदेखि निरन्तर मधुमेह परीक्षणसमेत गरिने जिल्ला स्वास्थ कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताए। सेवाग्राहीको स्वास्थ्य जाँचका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, मङ्गलसेन नगरपालिकालगायतका स्थानीय तहबाट प्राविधिक सहयोग रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट