बैशाख २६ अछाम सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले चौरपाटी गाउँपालिका सचालित स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । चौरपाटी गाउँपालिमा आजबाट सुरु भएको मेरो मुटु स्वस्थ्य मुटु विशेषज्ञ स्वास्थ्य शिविरको मन्त्री खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले विशेषज्ञ सहितको शिविर भएकाले भरपुर लाभ उठाउन र रोगको उपचार गर्न आग्रह गरेका छन् । मन्त्रीले खड्काले स्वास्थ्य सेवा जनताको पहुँचमा पुर्याउन यस्ता शिविरहरु प्रभावकारी हुने बताए । उनले दुर्गममा विशेषज्ञ चिकित्सकहरुको अभावका कारण यहाँका स्थानीयहरुले रोगको उपचार गर्न नपाएको र आर्थिक समस्याका कारण महंगो उपचार सम्भव नहुँदा बेलामा बेलामा संचालन हुने यस्ता खालका शिविरले फाईदा पुगेको बताए । शिविरमा आफ्ना स्वास्थ्य समस्याहरु खुलेर राख्न र त्यसको उपचार गर्न आग्रह गरे । मन्त्री खड्काले रोग लुकाए त्यसले पछि ठुलो जटिल समस्या ल्याउने भन्दै समयमै रोगको बारेमा जानकारी लिएर उपचार गर्न सुझाब दिए । स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, मायामेटाे अस्पताल धनगढीको सहकार्य स्वास्थ्य कार्यालय अछामको समन्वय र चौरपाटी गाउँपालिकाको सहयोगमा शिविर संचालन भएको हो ।
शिविरमा मुटु रोग,जनरल फिजिसियन,स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशारोग,मानसिक रोग विशेषज्ञ, फिजियोथेरापी, ईसिजि, प्रयोगशााला, आयुर्वेद,परिवार नियोजन सेवा तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा प्रदान गरिने छ ।