25.4 C
Achhām
अन्य

    घुघुरकोटमा रहेको गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल

    सम्बन्धित समाचार

    चैत २ अछामः साँफेबगर नगरपालिका –१० बिशालबजारमा रहेको कामधेनु गौ संरक्षण तथा सेवा समितिको बैठक शनिवार सम्पन्न भएको छ । समितिका कार्यबहाक वडा अध्यक्ष मोहन कुँवरको अध्यक्षतामा भएको बैठकमा गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल गरिएको छ । बैठकमा गौशाला सचालनका लागी विभिन्न योजनाहरु सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । बैठकमा गाईका लागी भवन निमार्ण,कर्मकाण्ड गर्न कुण्ड निमार्ण,आश्राम निमार्ण,स्थानीय कृषकहरुका लागी बालि तथा तरकारी खेतिका लागी सुपथमा मल निमार्ण तथा वितरण,गोअर्क उत्पादन तथा प्रचार,गाई हेरालोको व्यवस्थापन, दुधजन्य बस्तुको उत्पादन तथा बजारीकरण,गोबरबाट दियो धुप,गुई निमार्ण गरी निर्यात गर्ने,लोप उन्मुख नौमुठे गाउँको संरक्षण लगायतका योजनाहरुको रहेका छन् । बैठकमा पुर्व जिविस सभापति भरत कुमार स्वार, जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर,नेपाली कांग्रेसका क्षेत्रिय सभापति कृष्ण बुढा,वडा अध्यक्ष हिक्मत कडायत,ललित बोगटी,एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम कुँवर,व्यापारी तथा समाजसेवि चन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गोरख महताले गरेका थिए ।
    कामधेनु गौ संरक्षण तथा सेवा समिति नगरपालिकामा २०७७ साल माघ १० गते नगरपालिकामा र २०८१ पुष १६ गते जिल्ला प्रशासन कार्यालयमा विधिबत् रुपमा दर्ता भई संचालनमा रहेको छ । गौशालामा हालसम्म २६ गाई रहेका छन् ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट