16.9 C
Achhām
अन्य

    साँफेबगरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन

    सम्बन्धित समाचार

    मंसिर ११ अछाम
    साँफेबगर नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ तारिख देखि डिसेम्बरमा मनाईने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको साँफेबगरमा सोमवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । अभियान अन्र्तगत हिजो पहिलो दिन साँफेबगरमा र्याली निकालिएको थियो । सरोकारवालाहरुको र्यालीले एयरपोर्ट बजार परिक्रमा गरिएको थियो । र्याली पश्चात नगरपालिकाको प्राङ्गगणमा दिप प्रज्वलन गरी अभियानको शुभारम्भ गरिएको हो । साँफेबगर नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष मकर कुँवरले दिप प्रज्वलन गरी अभियानको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रवक्ता कुँवरले अभियानको उद्घाटनपछि चौधै वडाहरुमा विभिन्न गरी कार्यक्रमहरु अभियानलाई सफल बनाईने बताए । उनले विभिन्न सचेतना मुलक कार्यक्रमहरु वडाहरुमा सञ्चालन गरिने बताए ।
    साँफेबगर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना,वाक नेपाल र समविकास नेपालको समन्वयमा अभियानको उद्घाटन गरिएको हो । कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,सुरक्षाकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि,सुरक्षाकर्मी, सञ्चारकर्मी,विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सामाजिक सुरक्षा शाखाका प्रमुख देवसरा कुमारी थापाले गरेकि थिईन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको नारा हामी सबैको प्रतिबद्धता,लैगिक हिसा अन्त्यका लागी एक्युबद्धता भन्ने रहेको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट