भगवति कुँवर,भदौ ३१ अछाम
साँफेबगरमा भोली गणेश मेला तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष गणशे मेला हुँदै आएको छ । गणेश मेलाको अवसरमा विविध साँस्कृतिक कार्यक्रम देउडा र डाण्डीया खेलको आयोजना गरिएको एयपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरले जानकारी दिए । असोज १ गते अर्थात भोली गणेशको मर्ति बुढीगंगाका बिर्सजन गर्ने कार्यक्रम पनि रहेको कुँवरले बताए । साँफेबगरमा रहेको गणेश मन्दिरका यहि भदौ २२ गते भगवान् गणेशको मुर्ति स्थापना गरिएको थियो । एयरपोर्ट बजार व्यवस्थापन समिति तथा आम सरोकारवालाहरुको बैठकले मेलालाई सभ्य भव्य र मर्यादित बनाउने निर्णय गरेको छ । बैठकले बिहानै भगवान् गणेशको दर्शन पुजापाठ गर्ने र ३ बजेदेखि देउडा खेल खेल्ने,५ बजे डाण्डीया खेल खेल्ने लगायतको निर्णय गरेको छ । यसैगरी मेला अवधि भर मदिरा सेवन गरी हो हल्ला गर्ने अथवा मेला बिथोल्न खोज्ने जोकोहि व्यक्तिलाई २ हजार एकसय र समितिका पदाधिकारी वा सदस्य भएमा दोब्बर जरिवाना गर्ने निर्ण भएको अध्यक्ष कुँवरले बताए । मेला अवधि भर कार्यक्रम स्थलमा ठुला देखि साना सवारी साधान पार्किग गर्न नपाईने समेत निर्णय गरेको छ ।