26.3 C
Achhām
अन्य

    सञ्चारकर्मी माथी लगाईएको आरोप प्रति पत्रकार महासंघ अछामको आपत्ति

    सम्बन्धित समाचार

    साउन ८ अछाम

    नेपाल पत्रकार महासंघ अछामले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लगाईएको आरोप प्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ अछामले आज एक विज्ञप्ती जारी गर्दे सार्वजनिक स्थलमा पत्रकाहरुलाई पेशागत मानमर्दन गरी बोलिएको भन्दै महासंघले आपत्ति जनाएको छ । पछिल्लो समय अछामका स्थानीय तह तथा सरकारी कार्यालयमा भएको बेरुजु र विविध गतिविधिका विषयमा महालेखा परिक्षकको कार्यालयले सार्वजिक गरेको प्रतिवेदनलाई लिई मिडिया तथा विभिन्न शीर्षकमा निकालेको बेरुजुलाई कतिपय राजनीतिककर्मी तथा सामाजिक पेशामा रहेका व्यक्तिहरुले सामाजिक संजाल तथा सार्वजनिक स्थलहरुमा पत्रकार तथा पत्रकारीता पेशामा आँच आउने, मानमर्दन हुने, पेशामा वितृष्णा जगाउने खालका गतिविधि गरेकोले सो कार्य प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको भन्दै यस्ता उच्छृृङ्खल तथा अराजक कार्यको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछाम घोर भत्र्सना गर्दछ विज्ञप्तीमा भनिएको छ । महासंघका अध्यक्ष खम्म खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा संचारमाध्यमसँग सम्बन्धित विषय बाहेक अन्य विषयलाई सचारकर्मीहरुसँग जोडेर कुनैपनि संचार माध्यम तथा पत्रकारहरुलाई आँच आउने, मानमर्दन हुने गतिविधि भएको पाईएमा आगामी दिनहरुमा कानुन अनुसार अधि बढ्न बाध्य हुने कुरा उल्लेख गरिएको छ ।
    समाजको विकृति, विसंगती अन्त्य गर्न सकारात्मक कुरालाई आत्मसात गर्दै समृद्ध समाज निर्माण गर्नका लागि समाज रुपान्तरणमा लागेका विभिन्न राजनीतिक दल, संघ संगठन, पेशाकर्मी, नागरिक समाजहरुसँग सहकार्य गर्दै नेपाल पत्रकार महासंघ पनि ऐक्यवद्धता जनाउदै आएको छ । प्रत्येक नागरिकलाई कुनैपनि सरकारी, गैरसरकारी संस्था तथा सार्वजनिक संस्थाको विषयमा चासो राख्न पाउने, सुचना माग्न पाउने अधिकार संविधानमा सुनिश्चित गरिएको छ । पत्रकार तथा संचारमाध्यम सदैब नागरिकहरुलाई सुसुचित गराउदै, विकृति विसंगतिको अन्त्य गर्दै, समृद्ध समाज निर्माणका लागि दृढ रहेको कुरा अवगत गराउन चाहन्छौँ विज्ञप्तीमा भनिएको छ ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट