22.5 C
Achhām
अन्य

    चाडपर्वका बेला महिलाहरुलाई हुने घरायसी बोझ कम गर्ने प्रतिबद्धता

    सम्बन्धित समाचार

    असोज १८ अछाम
    साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले चाडपर्वका बेला हुने घरायसी बोझ कम गर्नका लागी पुरुषको महत्वपुर्ण भुमिका रहने बताएका छन् ।

    समविकास नेपालले आज साँफेबगरका आयोजना गरेको विजया दशमी,शुभ दिपावली,नेपाल संवत् तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा घरायसी समानतामा कसको भुमिका के भन्ने विषयमा धारणा राख्ने क्रममा नगर प्रमुख कुँवरले चाडपर्वका बेला घरमा बढी जमघट हुने भएकाले काम पनि बढ्ने भएकाले घरका सबै परिवारले सघाउन सुझाब दिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुँवरले यस्तो बेला आफुले घरमा सक्दो सहयोग गर्ने गरेको बताए । उनले बाहिर समानताको कुरा गर्ने घरमा व्यवहारमा लागु नगर्ने बानीले सामाजिक रुपान्तरणको क्षेत्रमा भने जस्तो परिवर्तन हुन नसकेको बताए । कार्यक्रममा वडा अध्यक्ष नवराज बुढा,नेपाली कांग्रेसका नगर सचिब अनिल रैगाई,नेकपा एमालेका नगरकमिटी अध्यक्ष ढकेन्द्र कुँवर, नेकपा एकिकृत समाजवादीका नेता मनिष विक,वाक नेपालका उपाध्यक्ष अप्सरा कुँवर ,युवा संजालका सदस्य युवराज नाथ लगायतले चाडपर्वका बेला महिलाहरुलाई हुने घरायसी बोझ कम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले चाडपर्वमा सबैलाई रमाउने वातावरणको सिर्जना गर्न सुझाब दिए ।

    समविकास नेपालका अध्यक्ष सत्य स्वाँरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समविकासका कर्मचारी डिलकुमारी विकले गरेकी थिईन् । कार्यक्रममा स्वागत मन्तव्य समविकास नेपालका सदस्य जानकी बोहराले राखेकी थिईन् ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट