26.3 C
Achhām
अन्य

    खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा, मिटर खरिदका लागी धरौटी रकम वडाले व्यहोर्ने

    सम्बन्धित समाचार

    असार २३,अछाम
    साँफेबगर नगरपालिका १२ खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडको १३ वटै टोलमा विद्युतको केन्द्रिय लाईन विस्तारको कार्य अन्तिचरणमा रहेको वडा अध्यक्ष जनक कडायतले जानकारी दिए ।

    आगार्मी अर्थिक वर्ष साउन महिना भित्र बत्ति बाल्ने गरी काम तिब्र गतिमा भईरहेको वडाअध्यक्ष कडायतले बताए । सबैको खप्तडबासीको घरघरमा बिजुली बाल्ने उदेश्यका साथ काम भईरहेको र मिटर खरिदमा कुनै अन्यौलता भए वडा कार्यालयमा सम्पर्क गर्न वडाअध्यक्ष कडायतले आग्रह गरे । उनले मिटर जडानमा सहजताको लागी वडा बासी परिवारको तिन पुस्तासम्म लालपुर्जा नभएको सुनिश्चीतता भएमा वडाबाट मिटर खरिदका लागी लाग्ने धरौटी रकम एक हजार रुपैयाँ व्यहोर्ने कडायतले बताए । वडा कार्यसमितिको बैठकबाट निर्णय गरेर सुचना जारी गरेको उनले बताए । खप्तड साँफेबगर नगरपालिकाको विकट वडा पर्छ ।

    सिंहदरवारको अधिकार गाउँ गाउँ पुगेको ७ वर्ष पुग्दा समेत खप्तडमा बिजुली बल्न सकेको थिए । त्यहाँका स्थानीयहरु अन्धकारमा बस्न बाध्य थिए ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट