असार ३०,अछाम
साँफेबगर नगरपालिकाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आस्था नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्रका विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जोखिममा रहेका तथा विपन्न बालबालिकाहरुको पढाईको निरन्तरताको लागी शैक्षिक समाग्री वितरण कार्यले निकै महत्व राख्ने बताए । नगर प्रमुख कुँवरले नगरपालिकाकाले बालबालिकाको लागी सधंै अभिभावकको भुमिका खेल्ने बताए ।
नगरपालिकाको १४ वडाका १४ जना जोखिममा रहेका बालबालिकाहरुलाई पढाईमा सहज होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरिएको आस्था नेपालका भ्वान सिंह सार्कीले जानकारी दिए । विद्यालय पोशाक,कापी कलम र झोला पाउदा निकै खुशी लागेको साफेबग नगरपालिका १० घुघुरकोटकी भाग्य बोगटीले बताईन् । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले गरेकि हुन् । कार्यक्रममा १४ वडाका अध्यक्षहरु,बालबालिका,कर्मचारी,पत्रकारहरुको सहभागीता रहेको थियो ।