6.4 C
Achhām
अन्य

    साँफेबगर नगरपालिकामा विपद् उत्थानशील समुदाय निमार्ण परियोजना सञ्चालन

    सम्बन्धित समाचार

    कात्र्तिक ५,अछाम
    साँफेबगर नगरपालिकामा विपद् उत्थानशील समुदाय निमार्ण परियोजना सञ्चालन हुने भएको छ । साँफेबगरमा आज एक कार्यक्रमको आयोजना गरी परियोजना शुभारम्भ तथा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । लुथरन वल्ड रिलिफ,युसएएआईडीको सहयोगमा सामुदायिक विकास केन्द्रद्धारा नगरपालिकामा विपद् उत्थानशील परियोजना सञ्चालन हुने भएको हो । परियोजना नगरपालिकाको वडा नम्बर ५ नवाठानाको दहपाटा र छान्ना,६भाग्यश्वरको कालाआम र शालामाणु,८ चण्डिकाको गैरागाउँ मियापुर र जमालगाउँ,१०घुघुरकोटको संगा्रमतोली र कमैस्थान र १३ बाब्लाको बिलामी मौडाली र बाब्लीटोलमा लागु हुने परियोजनाका प्रमुख सुरेन्द्र ठगुन्नाले जानकारी दिए । परियोजनाको मुख्य उदेश्य स्थानीय समुदायको क्षमता,अभिबृद्धि प्राकृतिक प्रकोपहरुको पुर्व तयारी,प्रतिकार्य गर्न र पुनरत्थान गर्न समक्ष बनाई जनधनको क्षतिलाई न्युनिकरण गर्ने रहेको ठगुन्नाले जानकारी दिए । उक्त परियोजना अछामका साँफेबगर नगरपालिका गरी ३ पालिकामा लागु भएको छ । मंगलसेन र पञ्चदेवल विनायक नगरपालिकाका केहि वडाहरुमा सञ्चालन हुनेछ । कार्यक्रममा बोल्दै नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जलवायु परिवर्तसंग जुधिरहेको समुदायलाई जलवायुपरिवर्तनसंग अनुकुल हुन र यससम्बनधी जनचेतना जगाउने खालका कार्यक्रमहरु सञ्चालन हुने बताए । विपद् सम्बन्धीका जानकारी,पुर्वतयारी लगायतका बिषयमा गाउँस्तरबाट जनचेतना जगाउन आवश्यक रहेको बताए । प्रमुख कुँवरले परियोजना मार्फत यस्ताखालका उदेश्यहरु पुरा हुने विश्वाश व्यक्त गरे । कार्यक्रममा चौधै वडाहरुका वडाअध्यक्ष,कार्यपालिका सदस्य,नगरपालिकाका विभिन्न शाखामा प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट