भगवती कुँवर,अछाम
अछाममा भीरबाट खसेको ढुंगा लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ३ लाछिमना निवासी राजेश बाबु बोगटीकी ३५ वर्षिया श्रीमती बसन्ती बोगटीको मृत्यु भएको हो । आज जंगलबाट बाख्रा चराएर घर फर्केने क्रममा मंगलसेन सुवाखाद सडक खण्डको गाध्य भीरबाट खसेको ढुंगा लागेर बोगटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरी भण्डारीको कमाण्डमा खटेको ७ जनाको टोलीले घटनास्थलबाट शब पोष्टमाटमका लागी जिल्ला अस्पताल पुर्याएको छ । बोगटीको माईती घर साँफेबगर नगरपालिका ३ सिद्धेश्वर हो ।