फागुन २९ अछाम : अछाममा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । पञ्चदेवल बिनायक नगरपालिका – ४ कालिकास्थानका लोकबहादुरशाहीको श्रीमती बर्ष ६८ कि बासु शाही आफ्नो घर नजिकै रहेको भिरमा बाख्रा चराउने क्रममा आज लडेर मृत्यु भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ । घाईते शाहिलाई उपचारको लागी जिल्ला अस्पताल ल्याउदै गर्दा बाटाेमा नै मृत्यु भएको प्रहरीनायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।