22.1 C
Achhām
अन्य

    ‘सम्बन्ध टुटेपछि प्रेमीको साथीबाटै यातना’

    सम्बन्धित समाचार

    चैत २८ काठमाडौं : सामाजिक सञ्जालमार्फत् युवतीको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी रहेका छन्। उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो।साइवर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार सामाजिक सञ्जालको प्रयोग गरी युवतीको चरित्र हत्या गरेको पाइएपछि अधिकारीलाई पक्राउ गरेको जानकारी दिए।

    प्रेम सम्बन्ध रहेका बेला आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध टुटेपछि प्रेमीको साथीले नै दुरुपयोग गरी हैरानी दिन थालेपछि  पीडित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

    सोही उजुरीका आधारमा अनुसन्धान हुँदा अधिकारीले पैसा माग्ने,आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भीडीयो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिने धम्की दिएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट