बैशाख १८ अछामः साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागीखेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समिति प्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै अतिथि जिल्ला समन्वय समिति प्रमुख कुँवरले स्ववियुले एक महत्वपुर्णकार्यक्रमको आयोजना गरको भन्दै धन्यवाद ब्यक्त गरेका छ्न । वर्षमा एक पटक मात्र आयोजना गरेर नहुने बताउनु हुदै खेलकुदक्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेक महिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागी खेलकुद क्षेत्रलाई बजेटविनियोजन गरि पहिलो प्राथामिक्ता दिन सुझाव दिए । पछिल्लो प्रत्यक वडा वडामा खेल मैदान निमार्ण गरि राख्न आवश्यकनरहेकोले खेलाडीको संख्याको आधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउनु समन्वय प्रमुख कुँवरले आग्रह गरेका छ्न । उनलेखेल मात्र खेलेर नहुने भन्दै खेलको संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नु पर्ने बताए ।
विशिष्ट अतिथि साँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुर कुँवर सिलोजले पहिल्लो समय सामाजिक सञ्जालकोदुरुप्रयोगले किशोर किशोरीहरु गलत क्रियाकलापमा फस्ने गरेकाले यसबाट सकारात्मक बाटोबाट युवाहरुलाई अगाडी बढाउनकालागी यो खेलले विशेष भुमिका खेल्ने अपेक्षा गरेका छ्न । खेलमा प्रतिशर्पदा गरि रहदा हार जित स्वभाविक प्रक्रिया भएकालेसहभागी सम्पुर्ण खेलाडी टिमहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गरे ।
अर्का विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकाराम खनाललेस्ववियु एउटा साझा आदर्शवादी संस्था भएकाले यसले गर्ने जुनसुकै सकारात्मक कामहरुमा सबै राजनितिक दल, स्थानियसरकारको पुर्ण साथ र समर्थन हुनु पर्ने बताए ।
क्रिकेट खेल प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहको छ भने आज पहिलो दिन दुई वटा खेल भएका छन्। आज भएकोपहिलो खेलमा आयोजक (A) लाई हराउदै रिडिकोटले जितेको छ।