18.6 C
Achhām
अन्य

    आर्थिक र जग्गा अभावका घुघुरकोटमा रहेको गौशाला व्यवस्थापनमा समस्या

    सम्बन्धित समाचार

    जेठ २३ अछामः आर्थिक र जग्गा अभावका कारण साँफेबगर नगरपालिका १० घुघुरकोटको बिशालबजारमा रहेको गौशालाको उचित व्यवस्थापन हुन सकेको छैन । गौशालामा संरक्षण गरिएका गाईहरुलाई उचित बासस्थानको व्यवस्थापन हुनसकेको छैन । गौशाला व्यवस्थित रुपमा संचालनका निम्ती प्रयासहरु जारी रहेको छ । स्थानीय ६४ वर्षिया डम्बरबहादुर महताले संचालन गरेको गौसंरक्षण अभियानका अहिले थुप्रै व्यक्तिहरु जोडिएका छन् । २०७६ सालमा महता एक्लै संचालन गरेको गौसंरक्षणको कार्य कामधेनु गौसंरक्षण तथा सेवा समिति गठन भई २०८१ साल पुष १६ गते जिल्ला प्रशासन कार्यालय दर्ता भई विधिवत् रुपमा संचालनमा छ । गौशालामा अहिले २७ गाई रहेका छन् । गौशालामा विषेश गरी अछाम जिल्लामा मात्र पाईने लोपोन्मुख नौमुठे गाईहरुको संरक्षण गरिदै आएको छ । भने अन्य जातका गाईहरुको पनि संरक्षण गरिदै आएको छ । आज गौशालामा बसेको समितिको बैठकमा समितिका अध्यक्ष डम्बरबहादुर महताले गौशालाबाट उत्पादन हुने गोअर्क (गौत) र गोवर सहजरुपमा सबैको घरमा पुर्याउने उदेश्य रहेकोे बताए ।
    गौशालाका उत्पादन हुदै आएको नौमुठे गाईको गोअर्क पशुपति मन्दिरबाट ठुलो माग हुने गरेको यताबाट उत्पादन भएजति पठाउने गरेको समितिका सदस्य चन्द्रबहादुर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अन्य ठाउँबाट पनि माग हँुदै आएको र माग अनुसारको गोअर्क पुर्ति गर्न नसकेको बताए ।
    गौशालालाई व्यवस्थित बनाउन यसलाई धार्मिक एवं पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न हरसम्भव प्रयास जारी रहेको पुर्व जिविस सभापति भरत कुमार स्वाँरले बताए । अहिले प्रदेश र स्थानीय सरकारको बजेट बनाउने बेला रहेकाले गौशालालाई बजेट विनियोजनका लागी अपिलसगै माग गर्ने स्वाँरले बताए ।
    समितिका महासचिब धुव्रराज भण्डारीले गौशालालाई करिब ढाई रोपनी जग्गा उपलब्ध गराएका छन् । भण्डारीले गौशालाको नाममामा जग्गा दान गरेका छन् । महासचिब भण्डारीले गौसंरक्षण अभियानसंगै रैथान बाली उत्पादनका समेत योजना बनाएर अगाडी बढ्न आवश्यक रहेको बताए । आर्थिक अभावका कारण गौशालामा रहेका गाईहरुको आहार उपलब्धतामा पनि समस्या हुँदै आएको छ । बैठकमा समितिका उपाध्यक्ष मोहन कुँवर,कोषाध्यक्ष गोरख महता,सदस्य कृष्ण बुढा,ललित बोगटी,रामबहादुर कुँवर,अन्य अतिथिहरुमा साफेबगर नगरपालिका ७ का वडाअध्यक्ष हिक्मत कडायत,स्थानीय प्रकाश आर्टस्,दिलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

     

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट