भगवती कुँवर बैशाख ४ अछाम: नेपाली कांग्रेस क्षेत्र नं.१ प्रदेश कार्यसमिति ‘क’ को आयोजनामा नयाँ वर्ष २०८२ सालको अवसरमाशुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सभापति महेश खड्काको अध्यक्षतामा सञ्चालन भएको शुभकामनाआदानप्रदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पुर्व जिल्ला सभापति भरत कुमार स्वाँर रहेका थिए । भने विशिष्ट अतिथिमानेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य रुपा आउजी,कांग्रेस जिल्ला उपसभापति अर्जुन ताम्राकार, सुदुरपश्चिम प्रदेशप्रजातान्त्रीक सेनानीका अध्यक्ष तथा महासमिति सदस्य टिकाराम खनाल रहनु रहेका थिए ।
प्रमुख अथितिको आशनबाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व जिल्ला सभापति स्वारले नँया वर्षको शुभकामना दिदै सबैमा सुःख, शान्ति, समवृद्धिको कामना गरेका छ्न । यस्तै उहाँले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापतिशेरबादुर देउवालाई कुनै पनि हालतमा शक्ति हस्तान्तरण नगर्ने दाबी गरे । प्रधानमन्त्री ओलीले आफु संग प्रतिशर्पदा गरेको कारणनेता डा. भिम रावललाई पाटीबाट निश्कासन गर्नेले कांग्रेसलाई सजिलै सत्ता हस्तान्तरण नगर्ने ठोकुवा गरे । देशभरका शिक्षकहरुकाठमान्र्डौमा आन्दोलन गरि रहको यो विसम परिस्थितिमा कांग्रेसका अन्य नेताहरुले सरकारले शिक्षकका माग पुरा गर्नु पर्छ भनेरअपिल गरिराख्दा पुर्व प्रधानमन्त्री तथा पाटीका सभापति देउवा मौन बस्नु गलत भएको बताए । साथैै आगामी दिनमा पाटीलाईचलायमान बनाउनका लागी सबै नेता कार्यकता एकजुट भएर लाग्नु पर्नेमा पुर्व सभापति स्वाँरले जोड दिए ।
कार्यक्रममा बैद्यनाथ पर्यटन विकास तथा व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष गाुकल भाट लगाएत सदस्यहरु, स्वतन्त्रविद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पस श्रिकोटका सभापति कमल कुँवर लगाएत सदस्य र तरण दलका क्षेत्रिय अध्यक्ष जनककडायतलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
कार्यक्रममा,महासमिति सदस्य भगवती खनाल, महाधिवेसन प्रतिनिधि तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुरकुँवर, लक्ष्मी खड्का, जिल्ला कार्यसमिति सदस्य गोकुल भाट, राम बहादुर कुँवर, सुरत कुँवर, क्षेत्रिय सचिव गणेश खड्का, सदस्यकुलबादुर साउद,चौरपाटी गाउपालिका कार्यसमिति सभापति देउमल खड्का, दलित संघ केन्द्रीय सदस्य टक्कर ताम्राकार, दलितसंघ जिल्ला कार्यसमिति उपसभापति नैनसिहं थलारी, लगाएत कार्यक्रममा उपस्थित सम्पुर्ण नेता कर्यकता,भातृ संगठनका प्रमुखतथा प्रतिनिधिहरुले एक आपसमा नँया वर्षको शुभकामना आदानप्रदान गरेका थिए ।
प्रदेस सदस्य क्षेत्र कुमारी खड्काले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रदेश सचिव संगिता के.सी कुँवरलेगरेकी थिईन ।