भगवती कुँवर,अछाम
पालिका स्तरीय बाल अधिकार समितिको नियमित बैठक साँफेबगर नगरपालिकामा आज सम्पन्न भएको छ ।आस्था नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल अधिकार समितिको नियमित बैठक सम्पन्न गरिएको होे ।साँफेबगर नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष तथा कार्यबहाक नगर प्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा बैठक सञ्चालन गरिएको थियो ।बालाबालिकाको क्षेत्रमा विनियोजित बजेटको कार्यान्वयन गर्ने चरणमा कसरी लागु हुन्छ भन्ने विषयमा सबै वडाका जनप्रतिनिधिहरु अनविज्ञ रहेको बताउदै त्यसमा ध्यान दिन जरुरी रहेको कार्यबहाक नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।साथै बालअधिकार सम्बन्धी वडा स्तरका कार्यक्रमहरु पालिकामा ल्याएर समितिको बैठकमा छलफल गरि काम गर्न सकेमा बजेट खोज्नु पर्ने अवस्थाको अन्त्य हुने बताए। यस्तै बैठकमा नगरपालिकाका १४ वटै वडामा भदौ १० गते भित्र ११ जना सदस्य रहने गरि बाल अधिकार समिति पुनःगठन गर्ने लगाएतका निर्णय गरिएको छ । बाल अधिकार समिति गठन गरि काम,कर्तव्य र अधिकार बारे १ दिने अभिमुखिकरण गने, अभिमुखिकरणका लागी आस्था नेपाल संग समन्वय र सहकार्य गर्ने,बालबालिका को क्षेत्रमा छुट्टएको रकम कार्यन्वयनमा जोड दिने आदि विषयामा छलफल गरिएको छ ।
बैठकमा वडा नं १० का वडा अध्यक्ष ललित बोगटी,६ का वडा अध्यक्ष मिन बहादुर बोहरा,८ का वडा अध्यक्ष कालु सिहं कुँवर,४ का वडा अध्यक्ष नवराज बुढा ,९ का वडा अध्यक्ष दिपक कुँवर,वडा सदस्य ,नगर स्तरिय बाल सञ्जालका अध्यक्ष रोहित शर्मा लगाएतको सहभागीता रहेको थियो ।नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा बाल अधिकार समितीका सदस्य सचिब अनिता जोशिले संञ्चालन गर्नु भएको मासिक बैठकको सहजिकरण आस्था नेपाल बाल संरक्षण अधिकृत भ्वानसिंह सार्किले गर्नु भएको थियो।