18.6 C
Achhām
अन्य

    स्थानीय बालअधिकार समिति बैठकः वडामा गठन भएका बाल क्लबलाई सक्रीय बनाउने

    सम्बन्धित समाचार

    फागुन ८ अछाम
    साँफेबगर नगरपालिकामा स्थानीय बालअधिकार समितिको बैठक आज सम्पन्न भएको छ । बैठकमा १४ वडामा गठन भएका बाल क्लबलाई सक्रीय बनाउने लगायतका विषयमा छलफल गरिएको छ । बालअधिकार समितिका संयोजक एवम् साँफेबगर नगरपालिकाका उपप्रमुख शिबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले यहि फागुन १६ गतेदेखि २० गतेसम्म १४ वडामा गठन भएका बाल क्लब सक्रिय बनाउनका निम्ती अन्र्तकृया कार्यक्रम सञ्चालन गर्ने,बालबालिकाहरुलाई बालहिंसा बाल दुव्र्यव्यहार लगायतका विषयमा जानकारी गराउने,बालबालिकाका कुराहरु सुन्न र कार्यान्वयन गर्नका लागी वडामा बालभेलाको आयोजन गर्ने निर्णय भएको छ । साथै बैठकले नयाँ शैक्षिकसत्रमा एक वडाका दुई बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने निर्णय भएको आस्था नेपालका बाल संरक्षण अधिकृत भ्वानसिंह सार्कीले जानकारी दिए ।
    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रबहादुर कँुवरले बालवालिकाको मुद्धामा संवेदनशील भएर लाग्न सुझाब दिए । नगर प्रमुख कुँवरले बालबालिकाको कुरा सुन्नका लागी सबै वडामा बालबालिकाहरुसंग अन्र्तकृया गरिने बताए ।
    बैठकमा १४ वडाका वडाअध्यक्षहरु,स्वास्थकर्मी लगायतको सहभागीता रहेको थियो ।

    कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले गरेकि थिईन् । आस्था नेपाल र वल्ड भिजन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय बालअधिकार समितिको आयोजनामा बैठक सम्पन्न भएको हो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट