26.3 C
Achhām
अन्य

    आईटी स्रोत शिक्षकका लागी क्षमता विकास तालिम

    सम्बन्धित समाचार

    सात दिन भित्र पाटीको सदस्यता लिएका शिक्षकहरुको विवरण पठाउन विद्यालयलाई परिपत्र

    असार १४,अछाम

    साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले अहिलेको युग प्रविधिको भएकाले विद्यालयलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । साँफेबगर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले आयोजना गरेको आईटी स्रोत शिक्षकहरुको दुई दिने क्षमता विकास तालिमलाई समापन गर्ने क्रममा नगर प्रमुख कुँवरले तालिमबाट सिकेका विषयहरुलाई विद्यालय र व्यहारमा लागु गर्न शिक्षकहरुलाई सुझाब दिए । कार्यक्रममा नगर उपप्रमुख शिबबहादुर कुँवरले सुचना प्रविधिमा आधारित रहि विद्यालयका सुचनाहरु तथ्य परक बनाउन आग्रह गरे । उपप्रमुख कुँवरले शिक्षामा गुणस्तर ल्याउनका लागी शिक्षकहरुलाई विषेश अनुरोध गरे ।

    तालिममा नगर भित्रका ५८ जना आईटी स्रोत शिक्षकहरुको सहभागीता रहेको थियो । तालिममा प्रशिक्षक युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्ट र सुचना प्रविधि अधिकृत अम्बरबहादुर बोहराले शिक्षक र विद्यालयलाई आवश्यक ईमिस प्रणालीका बारेमा जानकारी गराएका थिए ।
    तालिममा राजनितिक दलको सदस्यता लिएका,कार्य कारिणी समितिको सदस्य, महाधिबेशन प्रतिनिधि,विद्यालय व्यवस्थापन समिति,स्थानीय तह,शिक्षा विकास तथा समन्वय इकाईको स्वीकृत नलिई आफु बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने शिक्षहरुको विवरण पठाउन विद्यालयलाई परिपत्र गरिएको शिक्षा शाखा प्रमुख भट्ट्ले बताए । यस अघि जेठ ३ गते परिपत्र गर्दा हालसम्म पनि कुनै विवरण प्राप्त नभएकाले फेरि असार ११ गते सबै विद्यालयलाई परिपत्र गरिएको भट्ट्ले बताए । सात दिन भित्र पत्रमा उल्लेखित विषयमा विवरण पठाउन पत्राचार गरिएको तालिममा सहभागी शिक्षकहरुलाई जानकारी गराईएको उनले बताए ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट