माघ २१ अछाम
बुढाकोट माविमा सरस्वती पुजामा दलितलाई विभेद गरिएको छ। साँफेबगर नगरपालिका –९ बुढाकोट स्थित बुढाकोट माविमासरस्वती पुजामा विभेद गरिएको हो ।
सोहि विधालयका शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई पुजा गर्ने क्रममा त्यहाँकै स्थानीय ब्राह्मण चेतराज भट्टलेविभेद गरेका हुन ।
परियारका अनुसार विद्यालयको सरस्वती मन्दिरमा ब्राह्मणको रुपमा चेतराज भट्ट आएका थिए । आफू टीका लगाउन जाँदाआफुलाइ टीका लगाउन मानेनन । त्यसपछि सालको पातमा टीका राखेर भुइँमा राखे अनि लगाउ भने ।
गत वर्सको पनि सरस्वती पुजामै आफुलाइ विभेद भएको उनले बताए । विधालयद्वारा आयोजना गरिएका वनभोज जस्ताकार्यक्रमहरुमा समेत दुई भान्सा बनाउने गरिएको परियारले बताए ।
परियार दलित नगर संजाल साँफेबगरका सचिव पनि हुन । वडा अध्यक्ष दिपक कुँवरले विधालयमा भएको कार्य निन्दनिय रहेकोबताउदै दुई पक्ष बिच वडामा अब देखि कुनै पनि कार्य वा क्षेत्रमा बिभेद नगर्ने सहमति सहित कागज गरीएको बताए ।