26.3 C
Achhām
अन्य

    मंगलसेन नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम पारित

    सम्बन्धित समाचार

    असार १०,अछाम
    मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रम पारित भएको छ । सोमवार नगरसभाको १३ औं अधिवेशनले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६१ करोड ३ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । चालु तर्फ ४९ करोड ९३ लाख ४० हजार ८३० र पुँजीगत तर्फ ११ करोड १० लाख १४ हजार १७० रहेको छ । आगामी आर्थिक वर्षका लागी नगरपालिकाले खर्च व्यहोर्ने स्रोतहरु मध्ये आन्तरिक राजश्वबाट एक करोड ७९ लाख १० हजार, नेपाल सरकारको वित्तीय समानिकरणबाट १० करोड ५८ लाख, सशर्त अनुदान ३१ करोड ३३ लाख ८८ हजार,संघीय राजश्व बाँडफाँडबाट १२ करोड ४३ लाख रहेको छ ।
    यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान ९४ लाख ३० हजार, सशर्त अनुदान ३२ लाख ५० हजार , विशेष अनुदान ८० लाख ,समपुरक अनुदान २५ लाख र प्रदेश राजश्व बाँडफाँड ६२ लाख ७७ हजार खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।नगरसभामा आईतवार नीति तथा कार्यक्रम र बजेट नगर उप्रमुख संगीता रावल सोडारीले प्रस्तुत गरेकी हुन् । नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा नगर सभा सम्पन्न भएको हो ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट