26.3 C
Achhām
अन्य

    साँफेबगर नगरपालिकाको अगामी आर्थिक वर्षको ६९ करोड ७७ लाख ११ हजारको बजेट स्वीकृत

    सम्बन्धित समाचार

    असार २७ अछामः
    साँफेबगर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६९ करोड ७७ लाख ११ हजारको बजेट स्वीकृत गरेको छ । नगरसभामा असार १० गते निति तथा कार्यक्रम र बजेट नगर उप्रमुख शिबबहादुर कुँवरले प्रस्तुत गरेका थिए । विहिवार सम्पन्न नगरसभाको १३ औं अधिवेशनको चौथो बैठकले बजेटसहित नीति, योजना तथा कार्यक्रम सुझाव सहित स्वीकृत गरेको छ ।
    आगामी आर्थिक वर्षका लागी नगरपालिकाले खर्च व्यहोर्ने स्रोतहरु मध्ये आन्तरिक राजश्वबाट एक करोड ५० लाख, नेपाल सरकारको वित्तीय समानिकरणबाट १० करोड ७० लाख, सशर्त अनुदान ४१ करोड ७१ लाख ७२ हजार,संघीय राजश्व बाँडफाँडबाट १२ करोड ३ लाख गरी संघबाट ६६ करोड ४४ लाख ७२ हजार बजेट रहेको छ । यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान ९७ लाख ६० हजार, सशर्त अनुदान एक करोड ५ लाख ५ हजार, विशेष अनुदान ६० लाख ,समपुरक अनुदान ९२ लाख र प्रदेश राजश्व बाँडफाँड २७ लाख ७४ हजार खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख कुँवरले बताए ।
    आगामी आर्थिक वर्षका लागी नगरपालिकाको आर्थिक विकास तर्फ ६ लाख ५० हजार,सामाजिक विकास तर्फ ४ करोड ७२ लाख,सुशासन तथा सस्थागत विकास तर्फ ५६ लाख,वन वातावरण तथा विपद् जोखि न्युनिकरण र व्यवस्थापन ५२ लाख,पुर्वाधार विकास तथा सहरी विकास तर्फ २ करोड ३७ लाख,सजाल विकास तर्फ २५ लाख बजेट विनियोजन गरेको छ । समपुरक योजना लागत साझेदारी एक करोड ८४ लाख,चालु आर्थिक वर्षको दायित्व २ करोड , शिक्षा क्षेत्र विकास कार्यक्रम ४५ लाख,वयालपाटा अस्पताल सहयोग अनुदान ५० लाख रहेको छ । नगरपालिकाका १४ वडाको पुजीगत तर्फ २ करोड ४९ लाख ७ हजार र चालु तर्फ ८६ लाख बजेट रहेको छ । बजेट माथी नगरसभासदस्यहरु हिक्मत कडायतले बजेट विनियोजन गरेर मात्र नहुने भन्दै बजेट जुन शीर्षकमा छुट्याईएको त्यहि शीर्षककमा खर्च गर्न सुझाब दिएका छन् । उनले निमित्तको भरमा कहिलेसम्म नगरपालिका चलाउने भन्दै प्रश्न गरे । नगरसभा सदस्य अनिल रैगाईले दलित संजाललाई छुट्याईएको बजेट निकै कम भएको भन्दै पहँुच भन्दा आवश्यकताको आधारका बजेट विनियोजन गर्न आग्रह गरे । अर्काे नगरसभा सदस्य बलबहादुर साउदले नेपाल कृषि प्रधान देश भएकाले कृषिको क्षेत्रमा बढी बजेट छुट्याउन आवश्यक रहेको भन्दै १२ लाख बजेट कृषिको क्षेत्रमा कम भएको बताए ।
    नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको अधिवेशनमा निमित्त प्रमुख प्रशासकिय अधिकृत शंकर थापा,वडा अध्यक्षहरु,वडा सदस्यहरु र कर्मचारीको सहभागीता रहेको छ ।

     

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट