25.4 C
Achhām
अन्य

    बयालपाटा अस्पतालको सेवा रोकिने अवस्थामा

    सम्बन्धित समाचार

    चैत ५ अछाम:अछामको बयालपाटा अस्पताल जुनसुकै बेला सेवा रोकिन सक्ने जनाएको छ। अस्पतालको जन प्रशासन विभागले मंगलबार एक सूचना जारी गर्दै अस्पतालबाट प्रवाह सेवा उपयुक्त व्यवस्थापनका लागि आर्थिक संकटको सामना गरिरहनु परेकोले  यस प्रतिकुल परिस्थितिमा अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न नसकेको जनाएको छ।

    आर्थिक अभावका कारण बिरामीहरुलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामाग्रीहरुको खरीद, भण्डारण तथा आपुर्ति गर्न समेत कठिनाई भईरहेको सेवाग्राहीहरुलाई समय भित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकता अनुसार सबै औषधी उपलब्ध गराउन समस्या सृजना हुदै आईरहेको सूचनामा उल्लेख गरेको छ।

    अस्पतालमा आवश्यक जनशक्तिको अभावका कारण उपचारका लागि आज अस्पताल आएका विरामीहरुले आजै उपचार सेवा प्राप्त गर्न नसके पुनः भोलि अस्पताल आउनु पर्ने वाध्यात्मक परिस्थिति निम्तन सक्ने ,आवश्यक जनशक्ति अभावका कारण आफ्‌ना सेवाग्राहीहरुलाई समय भित्र उपचार सेवा उपलब्ध गराउनका लागि निम्तन सक्ने अस्पतालले जनाएको छ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट