भदौ ३१ धनगढी सुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पताललाई बजेट बिनियोजन गरेको छ । बयालपाटा अस्पताललाई चालु आर्थिक वर्षका लागी ७ करोड ५० लाख बजेट बिनियोजन गरेको हो । आर्थिक मामिला मन्त्री बहादुरसिह थापाले आज प्रदेश सभामा पेश गरेको चालु आर्थिक वर्षको बजेटमा बयालपाटा अस्पताललाई उक्त बजेटको व्यवस्था गरेको उल्लेख गरेका छन् ।
लामो समय देखि आर्थिक संकट झेलिरहेको बयालपाटा अस्पतालका लागी बजेट बिनियोजन गरिएको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए । आफुले पटक पटक बयालपाटा अस्पतालको बिषयमा कुरा उठाउदै आएको र अहिले बजेट बिनियोजन गर्ने ठाउँमा पुगेपछि बजेटको व्यवस्था गरेको मन्त्री खड्काले बताए । आफु निरन्तर बयालपाटा अस्पतालको पक्षमा रहेको भन्दै बजेट आफु मन्त्री पदमा रहदासम्म अस्पताललाई बजेटको अभाव नहुन नदिने बताए । स्वास्थको क्षेत्रमा देश कै नमुना अस्पतालको रुपमा रहेको बयालपाटा अस्पतालको दिगो व्यवस्थापन तर्फ लाग्ने बताए ।