असोज ७ अछाम
धनगढीमा सम्पन्न दोस्रो एएमसी कप प्रदेश अन्तर क्याम्पस भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीहरुलाई त्रिपुरा सुन्दरी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसले सम्मान गरेको छ।
सोमबार विहान बिजेता टिमका खेलाडी,व्यवस्थापकलाई नगद २१ हजार सहित क्याम्पस परिवार र स्वतन्त्र विधार्थी युनियन त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसले सम्मान गरेको स्ववियु सभापति कमल कुँवरले बताए । खेलाडीहरुलाई सम्मान र उनीहरुलाई खेलप्रति उत्साह जगाई राख्न नगद सहित सम्मान गरिएको सभापति कुँवरले बताए ।आगामी दिनमा समेत खेल र खेलाडीका लागि स्ववियु लागिरहने सभापति कुँवरले बताए ।
भदौ ३१ गते भएको फाईनल खेलमा त्रिबेणी आदर्श बहुमुखी क्याम्पस बझाङलाई सोझो (३-०) सेटमा पराजित गर्दै स्वतन्त्र विधार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसले आयोजना गरेको प्रदेश स्तरीय अन्तर क्याम्पस खुला भलिबल प्रतियोगिताको उपाधि त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटले जितेको थियोे ।