भगवती कुँवर, साउन ४अछाम
साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौ अगुवा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । वाक नेपाल वल्ड भिजन इन्टरनेस्नल नेपालको साझेदारी र वडा कार्यलयको समन्वयमा कृषकहरुलाई कृषि सामाग्री वितरण गरीएको हो।वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडाका १० जना अगुवा कृषकहरुलाई टमाटरको बिउ, ड्रम,श्रिपोलिङ प्लास्टिक लगाएतका कृषि समाग्रीहर हस्तान्तरण गरिएको वडा अध्यक्ष बुढाले जानकारी दिए ।
प्रति व्यक्ति १८ हजार ७ सय ५० रुपँया गरेर जम्मा १ लाख ९६ हजार ५ सय रकमको सामाग्री हस्तान्तरण गरिएको छ । वडाको सात वटै टोलमा अनुगमन गरी सकृय रुपमा काम गरेका कृषकहरुलाई छनोट गरेर कृषि क्षेत्रमा थप जागरण ल्याउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष नवराज बुढाले बताए ।आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । यस्तै कार्यक्रममा सहभागी अगुवा कृषकहरुले आफुहरुले गरेको कामको मुल्याङकन गरि उक्त सामाग्री सहयोग गरीएकोमा वडा कार्यलयलाई धन्यवाद दिएका छन् ।साथै उनीहरुले कृषिमा अझै मेहेनत गरेर जिविको पार्जन गरि आर्यआर्जनको पाटो अगाडी बढाउने बताएका छन् ।
वडा सदस्य नारायण उपाध्यले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्य,विभिन्न राजनिति दल प्रतिनिधि,वाक नेपाल जिविको पार्जन अधिकृत निराजना पनेरु,फिल्ड सुपरभाईजर विष्नु बुढथापा,वडाका कर्मचारी लगाएत सहभागीता रहेको थियो ।