भगवति कुँवर बैशाख २५ अछाम: साँफेबगर नगरपालिका ४ मष्टामाण्डौमा २१ हप्ते जलवायु मैत्री कृषक पाठशाला तालिमतथा “कृषक दिवस” कार्यक्रम बिहिवार आज सम्पन्न भएको छ। वाक नेपाल र वल्र्ड भिजनको साझेदारी र वडा कार्यलयकोसमन्वयमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत सञ्चालनमा आएको पाठशालामानवकिरण उत्पादक कृषक समूहका १६ जना महिला सहभागी थिए। गत २०८१ मंसिर देखि सुरु भएको काउली र गोलभेंडा बालीकेन्द्रित पाठशालामा जलवायु परिवर्तनको असरमा अनुकूल खेती प्रविधि, जैविक विधि, जल व्यवस्थापन, आधुनिक कृषि प्रणाली रकम्पोष्ट मल सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
वडा अध्यक्ष नवराज बुढाले शिक्षा जस्तै कृषि पनि कहिले नसकिने भएकाले यसको लागी तालिम बाट सिकेको ज्ञानलाई व्यवहारमालागु गर्न आग्रह गरेका छ्न । नवकिरण उत्पादक कृषक समूहका महिलाहरुले सक्रिय रुपमा काम गरि रहेकोमा खुसि व्यक्त गर्दैतालिम प्रदान गर्ने वाक नेपालम सहकारी संस्थालाई धन्यावद दिनु भएको छ। साथै उहाँले वाक नेपालले आफनो वडाका बासिन्दाकोजिवकोपार्जन तथा पोषणमा सुधार ल्याउन विभिन्न समुह मार्फत सकारात्मक क्रियाकलाप गरिरहेको जानकारी गराएका थिए । यस्तैवडा अध्यक्ष बुढाले जलवायु मैत्री खेती प्रणाली नयाँ भए पनि प्रभावकारी भएकोले आगामी दिनमा वडा कार्यालयबाट आवश्यकसहयोग र समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छ्न ।
साँफेबगर नगरपालिका कृषि शाखाका तुल्क्षी थापाले कुनै पनि बाली लगाउदा एउटै तरिकाले लगाउन पर्ने भन्दै तालिममा सिकेकोज्ञान अनुसार बाली लगाउन अनुरोध गरे । बाहिरबाट आउने विसादी र रासायनिक मलका कारण माटोको उरर्भरा शक्ति घट्नुकोसाथै मानिसमा विभिन्न किसिमका रोगहरु देखिन थालेकाले आफु र अरुलाई स्वस्थ खाना खुवाउन आफैले उत्पादन गरेको मलप्रयोग गर्न आग्रह गरे ।
नवकिरण उत्पादक कृषक समूहकी अध्यक्ष गंगा बुढाले तालिमबाट गोलभेंडा र काउली खेतीको बीउ रोपण देखि दोस्रो टिपाईसम्मकाअनुभव, कम्पोष्ट, गडेउला र झोल मल बनाउनुको साथै यसलाई प्रयोग गर्ने तरिकाको बारेमा सिकाई भएको बताएकी छन्। जलवायुअनुकूलनका उपाय, परम्परागत, वैज्ञानिक विधिहरूको तुलना, सामूहिक सिकाईका विच अन्तरक्रिया गर्ने गरेको उनले बताईन। वाकनेपालले धेरै सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि स्थानिय सरकार र संस्थाहरुले सहयोग गरेमा व्यवसाहिक रुपमा काम गर्नसजिलो हुने बताईन। अहिले पनि तालिमबाट सिकेको सिकाईले आफु लगाएत समुहका सम्पुर्ण सदस्यले आ–आफनो बारीमातरकारी खेति गरि सबैले वार्षिक एक लाख सम्मको आम्दानी गर्ने गरेको उनको भनाई रहेको छ। आफैले यसरी काम गर्न थालेपछिश्रिमानको कमाईको भरमा पर्नु नपरेको, घर खर्च र छोराछोरीको बढाई खर्च संगै समुहमा पैसा बचत गर्न सजिलो भएको बताएकीछन्।
वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा साँफेबगर नगरपालिका कृषि शाखाका तुल्क्षी थापा, वाक नेपालका परियोजना संयोजक लक्ष्मि जोशी, लेखा अधिकृत हिमाल बुढा लगाएत पत्रकारको सहभागीता रहको थियो।कार्यक्रमको सञ्चालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गरेका थिए।