26.3 C
Achhām
अन्य

    अछाममा वन क्षेत्र बढ्दै,खेतियोग्य जमिन घट्दै

    सम्बन्धित समाचार

     असार ७,अछाम
    अछाममा पछिल्लो समय वन क्षेत्र बढ्दै गएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा ५७ प्रतिशत वन क्षेत्र रहेको अछाममा हाल आएर ६६ प्रतिशत वन क्षेत्र रहेको छ । ८ वर्षको अवधिमा ९ प्रतिशत वन क्षेत्र बढेको देखिन्छ । वन क्षेत्र बढ्नु सकारात्मक पक्ष हो तर वन कसरी बढ्यो भन्ने प्रश्न पनि छ । एउटा कारण बसाईसराई रहेको देखिन्छ । तिब्र बसाईसराईका कारण जमिन बाँझिदै छन् । जमिन बाँझो भएपछि अहिले रूख उम्रिन थालेका छन् ।

         सन् २००९ सालका हेर्ने भने अछामका डाँडाँकाडा नागो जस्तै देखिन्छ । ति नागो डाँडाँहरुमा खेती गरेको देखिन्छ । विस्तारै पछि गएर डाँडाँ पाखा हरियाली देखिन थाल्यो । बसाईसराई गर्नेको संख्या बढ्न थालेपछि निजि जमिनमा समेत रुखहरु उम्रीएर जंगलका परिणत हुन थालेको छ । पहिला खेती हुने भूभाग बिस्तारै वनजगलमा परिणत हुँदै गएको छ । पछिल्ला वर्षमा अछामको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको छ । खेती गर्ने जनशक्तिको अभाव र बसाइँसराइले विभिन्न स्थानको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको हो । पहिले जस्तो निर्वाहमुखी कृषि गर्ने प्रचलन हराउँदै गएको छ भने व्यवसायिक कृषि प्रणाली दिगो हुन सकेको छैन । बाँझै छाडिएको कृषियोग्य भूमिमा रुखबिरुवा हुर्केसँगै वन क्षेत्रका रूपमा विकास हुदै गएको छ । प्रत्येक दश÷दश वर्षमा वनको सर्बेक्षण हुने गरेको र सन् २०१५ मा भएको सर्बेक्षणमा अछामको वन बढेको डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्माले बताए । उनले भने, ‘२०७१÷०७२ मा ५७ प्रतिशत वन क्षेत्र रहेको ५ प्रतिशत बढेर ६२ भएको थियो । अहिले पनि सर्बेक्षण त भएको छैन तर नापी कार्यालयले जग्गाको लागी गरेको सर्बेक्षणमा वन बढेको देखिन्छ । अहिले ६६ प्रतिशत वन बढेको देखाएको छ । यसैलाई पनि केहि आधार मान्न सकिन्छ ।’ हेर्दा सामुदायिक वन जस्तो देखिने तर ति सबै निजि जग्गामा उम्रेका रुख विरुवाहरु रहेका शर्माले बताए ।
    नेपालमा बर्सेनि वन बढिरहँदा खेतीयोग्य जमिन घटिरहेको छ। यसबाट कृषि उत्पादनमा ह्रास आएको छ । कृषि जमिन रूपान्तरण भएर वन, घाँसेमैदान र निर्माण क्षेत्रमा परिणत भएको देखिन्छ । पहिले डाँडामा बस्ने बस्ती फाँट र समथर भूभागमा बस्ने प्रचलन बढेको छ । समथर भूभागमा बस्ती बढेपछि त्यहाँको खेतीयोग्य जमिनको क्षेत्रफल घटेको छ । सबै मानिस सुविधा भोगी डाँडाको बस्ती बसाइँ सर्ने क्रम अझै केही वर्षसम्म रहने र गाउँ उजाड बन्ने आकलन छ । डिभिजन वन कार्यालय शर्माका अनुसार वन बढ्नुको एउटा मुख्य कारण बसाइँसराइ हो भन्छन् । बसाईसराईले गाउँबस्ती रित्तो भईसके, उनले भने पहिले खेति गर्दे आईरहेको निजि जग्गाहरु घना जंगल भईसकेका छन् । जमिन बाँझो हुँदा रूख, बुट्यानहरू उम्रिएका छन् । मानिसहरुले गाईबस्तु पाल्न छोडिसके । खाना पकाउदा ग्यासको प्रयोग बढ्न थाल्यो । जग्गा जमिन बाझो हुदा वन बढ्यो बवन बढेपछि जंगली जनावरको आतंक पनि बढ्यो ।’ जिल्लामा राष्ट्रिय, सामुदायिक, कबुलियत, धार्मिक लगायतका वन संरक्षणमा चेतना बढ्दै गएकाले वन क्षेत्र बढेको पाइएको शर्माले बताए । केही वर्षअघिसम्म धान,गहुँ,मकै तथा अन्य गेडागुडी उत्पादन हुने जग्गा बाँझो हुने क्रम बढेको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ । विगत १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा खेती हुने जमिनको क्षेत्रफल समेत घटेको ज्ञान केन्द्रका सूचना अधिकारी राम सिह बोहराले बताए ।
    बढ्दो बसाइँसराइ, खेतीयोग्य जग्गामा घडेरी बन्नु, कृषिमा कामदारको अभाव हुनु जस्ता कारणले खेतीयोग्य जग्गा बाँझो हुने क्रम बढेको र बन क्षेत्र पनि बढेको छ । कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा ५६ हजार ३ सय ४७ हेक्टर खेतियोग्य जमिन रहेकोमा हाल ४२ हजार ४ सय १३ हेक्टर जमिनमा मात्र खेति हुने गरेको सुचना अधिकारी राम सिह बोहराले बताए । १४ हजार १ सय ३४ हेक्टर जमिन बाँझो रहेको छ । चौरपाटी गाउँपालिका ५को काटेगाउँ ,सल्लीकोट भिरमुड अहिले घना जंगल भईसकेको छ । केहि वर्ष पहिले खेतिपाति गर्ने उक्त ठाउँ खाली भएपछि जग्गाहरु बाँझै रह्यो र रुख विरुवा उम्रेपछि जंगल वनको स्थानीय बिक्रम खड्काले बताए । उनले भने,‘काटेगाउँ,भिरमुड सल्लीकोट यस्ता धेरै ठाउँ छन् बाँझा रहेका । पहिले भैसी पाल्ने र खेतिपाति लगाउन ठाउँ हुन् यी अहिले त एक्लै हिड्न पनि डर छ । पुरै जंगल बनेको छ । बसाईसराई गरी कोहि शहरी क्षेत्र त कोहि तराई तिर गईसके ।’

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट